जागिर – ईश्वर अधिकारी

“रोजगारीको अवसर!! ”
“रोजगारीको अवसर!! ”
यो देखेसी हत्तपत्त म फेसबुकको
समचार केलाउन थाल्छु

ओहो !!
-तलब ४५ हजार –
-भिसाशुल्क ५ लाख-
-साउदी अरब-

गन्न थाले मैले कति महिनामा
ऋण तिर्न सक्छु
हिसाब लाउदा लाउदै
घर खर्च नपठायनी लाग्ने
रै’छ ७ महिना ब्याज सहित

छ महिना सम्म जेन तेन
घर खर्च बुढीले सम्हाली भनेनी
आठौं महिना देखि कमाइने रहेछ

तर
घर खेत धरौटी राखेनि
जान नपाउने भये म बिदेश ।।