गर्भ निरोधक साधन : चक्की र क’न्डममा कुन बढी उपयोगी ?

सम्भोगको क्रममा पुरुषले कन्डम प्रयोग गर्नु वा सम्भोगपछि महिलाले आकस्मिक चक्कीको प्रयोग गर्नु कुन उपयुक्त हुन्छ ? भन्ने प्रश्न अधिकांश यौनजोडीले सोध्ने साझा प्रश्नमध्ये यो पनि एक हो ।

यो जिज्ञासा धेरैमा भएको पाइन्छ । त्यसैले, आज यहाँ हामी यी दुई गर्भनिरोधक साधनबारे चर्चा गर्दैछौ । जसको माध्यमबाट तपाई आफ्नो लागि कुन साधन बढी उपयोगी छ ? भन्ने सजिलै छुट्याउन सक्नुहुनेछ ।

चक्की (पिल्स)का फाइदा तथा बेफाइदा
गर्भ निरोधकका रुपमा प्रयोग गर्ने चक्की थुप्रै पक्षहरु रहेका छन् । जसबारे यसको प्रयोगअघि तपाईले जान्नु आवश्यक रहेको छ ।

सुरक्षित – यसका विशेषता भनेको अधिकांश स्वस्थ महिलाको निम्ति यो एक सुरक्षित विकल्प हो । यसको नियमित प्रयोगका कारण महिलामा गर्भ बस्ने कुनै रहदैन ।

प्रभावकारीता – निश्चित समयमा प्रयोग गर्नुपर्ने यस चक्कीको प्रभावकारिता बारे कुरा गर्ने हो भने यो ९७.७ प्रतिशतसम्म प्रभावकारी रहन्छ ।

अन्य उपयोगी – यसबाहेक तपाईको उमेर, स्वास्थ्य, जीवनशैली एवम् समस्यालाई ध्यानमा राख्दै चिकित्सकले यस्ता औषधीको सुझाव समेत दिने गर्दछ । तसर्थ, यसलाई चिकित्सकको सल्लाह अनुरुप महिलामा देखिने विशेष किसिमका समस्या कम गर्नको निम्ति पनि उपयोगी मानिन्छ ।

यसका बेफाइदा
दैनिक प्रयोगमा झन्झट ।
साइड इफेक्टको सम्भावना ।
तौल बढ्ने र यौनइच्छामा कमी आउन सक्ने ।
यसले यौन संक्रमणबाट बचाउँदैन ।
कन्डमका फाइदा
सुरक्षित – सुरक्षाको हिसाबले हेर्ने हो भने विश्वभर नै गर्भनिरोधक साधनको रुपमा प्रयोग गरिने कन्डम प्रायजसोः सबै जोडिले प्रयोग गर्न सकिने सरल एवम् उत्तम उपाय हो ।

प्रभावकारिता – उचित रुपमा गरिएको यसको प्रयोग ९८ प्रतिशतसम्म प्रभावकारी रहन्छ । यसका साथै सम्भोगको क्रममा गरिएको यसको प्रयोगले व्यक्तिलाई एचआइभि, यौन संक्रमणजस्ता विविध यौन रोगबाट समेत बचाउँछ ।

यसका बेफाइदा
केहिका निम्ति अहसज महशुस हुनसक्ने ।
कम संवेदनशिल रहन सक्ने ।
केहि केशहरुमा केहि जोडीले कन्डम फुट्ने समस्याको सामना समेत गर्नुपरेको छ । जसले यसका सबै विशेषतालाई समेत ओझेलमा पारिदिन्छ ।