‘गॉजा खादाँ लट्ठ पार्छ, कसैलाई बिरामी बनाउदैन’

यो दुनियामा कुनै स्वस्थकर नसा छ भने त्यो गॉजाको नसा मात्र हो। यसले कसैलाई कुनै बिरामी बनाउदैन। खाएर लट्ठ परेर प्रफूल्ल मुद्रामा शान्त र आनन्दित हुने मात्र हो। झगडा गर्दैन, अपराध गर्दैन, बरू त्यस्ता गलत काम गर्नबाट डराउछ। गॉजा सेवन गर्ने समाज शान्त, झैझगडा नगर्ने र अमनचैनयुक्त भएको हुनेगर्छ। यसैले गॉजालाई पिस प्लान्ट पनि भनिन्छ।

गॉजा अवैध गरिदिदा लुकेर किन्न पैसा चाहिएकाले चोरी गर्न भने सक्छ तर अन्य हिंसात्मक अपराध गर्ने ऑट नै उसमा हुदैन, डराउछ। विश्वमा गॉजा खुला हुदै गएपछि समाजमा अपराध ह्वात्तै घटेको अध्ययनले देखाएको छ।

हाम्रा शरीर प्रणाली भित्र नै गॉजा प्रणाली (Endo- cannabinoid system) हुन्छ भनेर १९९२ मा बैज्ञानिक डा राफेल मेसौलमले खोज गरे । गॉजा सेवन गर्दा त्यस प्रणालीलाई सक्रिय पारेर हाई वा आनन्दित पारिदिन्छ। जसको शारीरिक गॉजा प्रणाली डिस्टर्ब छ, उ कहिल्यै आनन्दित, स्वस्थ र खुशी रहन सक्ने हुदैन। गॉजा प्रणालीले शरीरको कुनै अंग छैन जसलाई प्रभाव नपारेको होस्, त्यसैले जुन अंग बिरामी भए पनि गॉजा लाभकारी हुने भएको हो।

आमाको दूधमा पनि गॉजा तत्व हुन्छ जसका कारण बच्चाले दूध चुस्दा र आमाले चुसाउदा गॉजा तत्वको सृजना हुने भएकोले आनन्दको अनुभव गर्छन्। बच्चाले गाईको दूध खान नमान्ने तर आमाको दूध खान छाड्न नचाहने कारण यही हो। जति धेरै समय आमाको दूध चुसायो बच्चा त्यति बढी स्वस्थ र जीवनमा प्रफूल्ल हुने कारण पनि यही हो। प्रफूल्ल जीवन र आमाको दूध सेवनबीच प्रत्यक्ष सम्बन्ध छ। आमाको दूध राम्ररी र पर्याप्त खान नपाएको मान्छेले जीवनमा आनन्द भोग गर्न समस्या बेहोर्छन्, धेरै बिरामी हुन पुग्छन्, शरीर कमजोर हुन पुग्छ।

शरीरमा गॉजाले दिने जस्तै आनन्द दिने तत्वलाई स्नायु बैज्ञानिकहरूले आनन्दमाईड (Anandmide) नामाकरण गरेका छन्। हाम्रा ऋषिहरू महान बहुविषयक बैज्ञानिक पनि थिए ।