कान्तिपुर पत्रिकाको सबै बैंक खाता रोक्का, यस्ताे छ कारण

काठमाडौं : कान्तिपुर मिडिया ग्रुपका सबै बैंक खाता रोक्का भएका छन् । कान्तिपुर मिडिया ग्रुपको स्थायी लेखा नम्बर बाट खोलिएका बैंकहरुलाई सबै बैंकका खाताहरू बन्द गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

उक्त मिडिया ग्रुपविरुद्ध श्रमजीवी पत्रकार संघ नेपालको पहलमा यदुप्रसाद पोख्रेलसहित ३ जनाले श्रम अदालतमा मुद्दा दायर गरेका थिए ।

उक्त मुद्दामाथि सुनुवाई गर्दै श्रम अदालतले कान्तिपुर मिडिया ग्रुप र व्यवस्थापक सबै बैंक खाता रोक्का गर्न आदेश दिएको श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैशीले जानकारी दिए ।

उक्त आदेश कार्यान्वयन गर्दै राष्ट्र बैंकले उक्त कान्तिपुरका सबै बैंक खाता रोक्का गरेको हो ।