आउँदा दिनहरुमा ममाथि यस्तै कुनै षड्यन्त्र भयो भने आश्चर्य मान्नुपर्ने छैन :राजेशपायल राई

अभिनेत्री करिश्मा मानन्धरको चरित्र ह,त्या गरेको आ,रोपमा डिल्लिराम खनाललाई फागुन ४ गते प्रहरीले प,क्राउ गरेको थियो। युट्यूवमा अभिनेत्री करिश्मा मानन्धरको विषयमा जथाभाबी अभिव्यक्ति दिँदै चरित्र ह,त्या गरेको अभियोगमा डिल्लीराम खनाल प,क्राउ परेका थिए।

माघ अन्तिम साता अभिनेत्री करिश्मा मानन्धरले आफूविरुद्ध जथाभाबी बोलेको भन्दै ब्युरोमा उजुरी हालेकी थिइन्।

उनलाई काठमाडौँबाट केन्द्रीय साइबर ब्युरोले प,क्राउ गरेको थियो। त्यसपछि थप अनुसन्धान सुरु गरिएको ब्युरोका एसपी पशुपति रायले जानकारी दिएका थिए।

अन्तत करिब १७ दिनको हिरासत बसाईपछि डिल्लिराम खनाल मिडियामा आएका छन्। उनले कारागार बिश्वविध्यालय भन्दा कम छैन समेत भनेका छन्। र आफूले कारागार बसाइबाट धेरै कुरा सिक्न पाएको समेत बताए।

नवनिर्वाचित राष्ट्रपतिबाट पदको सम्मान हुनेछ : रास्वपा
काठमाडौँ, २५ फागुन (रासस) :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित हुने राष्ट्रपतिबाट आफ्नो पदको सम्मान हुने विश्वास व्यक्त गरेको छ ।

रासससँग कुराकानी गर्दै रास्वपाका सांसद मनिष झाले विगतमा आलङ्कारिक र सर्वोच्च पद भए पनि राजनीतिक स्वार्थबाट निर्णय भएकोप्रति आलोचना व्यहोर्नपरेको स्मरण गर्दै उहाँले अब त्यस्तो नहुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नयाँ राष्ट्रपतिले संवैधानिक जिम्मेवारीको मर्म र भावना बुझेर अभिभावकीय भूमिका निभाउनुपर्छ ।”

उहाँले रास्वपाले राष्ट्रप्रमुखको चयनमा सहभागी हुन पाउनु ठूलो अवसर र विशेष परिस्थिति भएको बताउनुभयो । “पाँच वर्षका लागि राष्ट्राध्यक्षको चयनमार्फत फरक रेखा कोर्ने अवसरमा सहभागी हुन पाउनु हाम्रो पार्टीका लागि ठूलो अवसर र विशेष परिस्थिति हो । यसले थप जिम्मेवारीवोध भएको छ”, उहाँले भन्नुभयो ।

राजनीतिक निर्णय गर्दा सङ्ख्यात्मक र सैद्धान्तिकरूपमा निर्णय गर्नुपर्ने भएता पनि विगतमा हाम्रो हतारमा समीकरण बनेकाले सहमति टिकाउन नसकिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “विगतमा हाम्रो हतारमा समीकरण बनेकाले टिकाउन सकिएन । अहिले परिस्थितिको विश्लेषण गरी गहन छलफल र स्वमूल्याङ्कन गरेर हामी निर्णयमा पुगेका हौँ ।”