पत्रकारहरुको पैसा नदिई जिवि राई र लामिछाने गायब, ग्यालेक्सी फोरके टेलिभिजन विवादको घेरामा

ग्यालेक्सी टेलिभिजन एकपछि अर्को विवादमा तानिदैं गएको छ । ग्यालेक्सी फोरके टेलिभिजनकै पत्रकारहरु तलब नपाएकोभन्दै गलत हेड्लाईन्स राखेर सांकेतिक रुपमा रचनात्मक तवरले विरोध प्रदर्शनहरु गर्न थालेका छन् । उनीहरुले टेलिभिजनको स्टुडियोमै बसेर होस वा बाहिर बसेर होस लामो समयको मौनता तोड्न थालेका छन् । यो तस्बीर हेर्नुस त । यो पनि लामो समयपछि भोकभोकै काम गरेको तर तलब नपाएपछि उनीहरुले रचनात्मक तवरले विरोध गर्ने कार्यक्रम सुरुवात गरेको ग्यालेक्सी टेलिभिजनकै एक पत्रकारले नाम नबताउने शर्तमा जानकारी दिएका छन् । संगठन भएपछि द्धन्द आउनु सकारात्मक विषय हो । द्धन्दलाई रचनात्मक तवरबाट समाधान गर्नका लागी सो सँग सम्बद्ध पक्षहरुको जवाफदेहिता र रचनात्मक भूमिकाको जरुरत पर्छ तर ग्यालेक्सी फोरकेमा निरकुंश ब्यबस्थापन शैली हावी भएको छ । ब्यबस्थापन डर धम्की र लालच देखाएर भएपनि काम गराउँन चाहान्छ तर तलब दिन चाहाँदैन् ।

ग्यालेक्सी टेलिभिजनकै एक रिर्पोटरले पनि सामाजिक संजाल मार्फत ग्यालेक्सी फोरके टेलिभिजनका शेयरहोल्डर रवि लामिछानेलाई प्रश्न गरेका छन् ।उनले सामाजिक संजाल मार्फत ग्यालेक्सी फोरकेको ग्राण्ड प्रिमियरमा कुनै पत्रकारले ग्यालेक्सी फोरकेमा तलब पाएनछ भने हामी बाँच्नुको कुनै अर्थ हुने छैन् भनेका थिए तर आफ्नो शेयरको ठूलो हिस्सा प्रत्यक्ष परोक्ष रुपमा ओगटेर बसेका लामिछाने भने अहिले गायब भएका छन् । उनले जवाफदेहिता र जिम्मेवारिताको संस्कार बिर्सिसकेका छन् । तर ग्यालेक्सी फोरकेमा लामो समयदेखि रिपोर्टिङ गरेर टेलिभिजनलाई नयाँ उचाईमा पुर्याउन बिशेष योगदान गरिरहेका पारश चौधरी सहितका ग्यालेक्सी फोरकेमा आबद्ध ब्यक्तिहरुले अहिलेसम्म पनि तलब पाउन सकेका छैनन् । ग्यालेक्सी फोरकेको मानब स्रोत ब्यबस्थापनमा कुरा गरेर सहयोग माग्दा स्टाटस लेखेर बस्नु भन्ने गैरजिम्मेवार जवाफ आएको र तलब नपाएका एक रिपोर्टले जानकारी दिए । दैनिक गर्जो टार्न पनि आफुहरुलाई समस्या भएपछि आफुहरु स्टाटस लेखेरै भएपनि आफुले काम गरेको पैसा फिर्ता आउँला की भन्ने आश रहेको बताईरहेका छन् । केही समय हेर र पर्खको रणनीतिमा आफुहरु रहेको र तलब नपाए ग्यालेक्सी टेलिभिजन घेराउ गर्ने उनीहरुको योजना छ ।

टेलिभिजनमा आएको द्धन्दलाई ब्यबस्थापनले गिजोलिरहेको प्रत्यक्ष रुपमा देखिन्छ । यसले टेलिभिजनको भावी कार्यदिशा र प्रणालीमाथी नै प्रश्नचिन्ह खडा भएको छ । समयमै आबश्यक पक्षहरु लाई उनीहरुले काम गरेको पारिश्रमिक पाए टेलिभिजनकै साखमा वृद्धि भई जनताको बिश्वास पुन आर्जन गर्नसक्ने अबस्था देखिन्छ ।

ग्यालेक्सी फोरके टेलिभिजनका शेयरहोल्डर समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई एक रिपोर्टरले यसरी प्रश्न गरेका छन् ।