तलब भत्ता सामाजिक काममा र निशुल्क सेनिटरि प्याड वितरण गर्ने सांसद तोसिमा कार्कीको घोषणा

ललितपुर ३ बाट निर्वाचित सांसद डा. तोसिमा कार्कीले आफूले सांसदको हैसियतमा पाउने तलबभत्ता सामाजिक कामको लागि उपयोग गर्ने घोषणा गरेकी छन् । डा. कार्कीले आफ्नो जीतलाई जिम्मेवारीका रुपमा व्याख्या गरिन् । सामाजिक संजाल फेसबुकमा प्रतिनिधि सभाकी सदस्य डा कार्कीले राज्यबाट दिइने तलब भत्ता सामाजिक कामको लागि उपयोग गर्ने घोषणा गरेकी हुन् ।

तलबभत्ताको सुरुवात‘निशुल्क महिनावारी सामाग्री अभियान’मा खर्च गरिने उल्लेख गरेकी छन् । ललितपुर ३ मा भएका सामुदायिक, सरकारी विद्यालयहरुमा महिला छात्राहरुका निम्ती निशुल्क सेनेटरी प्याड वितरणको लागि नपुगेका ठाउँमा आफनो कोषबाट दिने बताइन् ।

माननीय तोषिमा कार्की भन्नुहुन्छ – स्वघोषणा : राज्यबाट दिईने तलब भत्ता सम्पूर्ण रुपमा सामाजिक कामको लागि उपयोग गर्नेछु। सुरुवात: “निशुल्क महिनावारी सामाग्री अभियान” ललितपुर ३ मा भएका सामुदायिक, सरकारी विधालयहरुमा महिला छात्राहरुका निम्ती निशुल्क सेनिटरि प्याड वितरणको लागि नपुगेका ठाउँमा मेरो कोषबाट दिनेछु।

तोसिमाले भनिन्, ‘ममाथि जुन आशा लिनुभएको छ, म यसको अगाडि ‘निर’ थपेर ‘निराशा’मा परिणत गर्नेछैन । मलाई जुन विश्वास गर्नुभएको छ, यसको पछाडि घात थपेर विश्वासघात हुन दिन्न ।’ जनताको आशाؘ–विश्वासलाई हृदयभित्र जगेर्ना गर्ने उनले बताए ।

पाँच वर्ष सदनमा समग्र देशवासीले गर्व गर्नलायक सांसद बनेर उभिने प्रतिबद्धता उनले व्यक्त गरिन् । ‘म जनमुखी मुद्दाहरुमा बुलन्द रहनेछु । तपाईंहरुले निरन्तर खबरदारी गरिरहनुहोला । सांंसद भवनमा मेरो भूमिका कुर्सीमुखी होइन, जनमुखी हुनेछ’, उनले भनिन् ।

यो पनि : बाटुली लामिछाने विश्वकै सबै-भन्दा जेष्ठ नागरिक : ‘गिनिज बुक’मा लेखाइँदै

ककनी, बिहान–बेलुका दूधसँग मासिनो गरी पिसेको भात अनि अरु समयमा हर्लिक्स, बिस्कुट र झोल पिएर ११९ वर्षीय सर्वज्येष्ठ नागरिक बाटुली लामिछानेको दैनिकी बित्ने गर्छ ।

परिवारमा पाँच पुस्ताको फैलावट भइसके पनि हजुरआमा लामिछाने अहिलेसम्म स्वस्थ्य देखि`नुहुन्छ ।दाँत झरेका कारण मुखबाट समय–समयमा केही र्याल आउँछ । फुलेका कपाल खासै झरेका छैनन् । आँ`खा तेजिला देखिन्छन् ।

बोली स्पष्ट नभए पनि अरुले कानमा पुगेर भनेका कुरा सुन्ने र बुझ्न सक्नुहुन्छ । नजिकै आएकालाई शरीरको हाउ`भाउबा,ट प्रतिक्रिया दिनसक्ने हजुरआमाका आमा लामिछाने सम्भवतः विश्वकै ज्येष्ठ नागरिक भएकाले उहाँको नाम ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा दर्ज गराउ,ने अन्तिम तयारी भएको छ ।

लामिछाने विश्वकै ज्येष्ठ नागरिक भएको उहाँको स्वास्थ्य परीक्षणबाट पनि पुष्टि भइसकेको छ । हालसम्म विश्वमा ११८ वर्षीय जापानी नागरिक काने तानाकाको नाममा उक्त रेकर्ड देखिएको छ । तानाकाभन्दा जेठी लामिछानेलाई नेपालले अभिलेखीकरणको प्रक्रियामा ढिलाइ गरेकाले उक्त विश्व पहिचान प्राप्तिमा ढिलाइ भएको हो ।

नुवाकोटको ककनी गाउँपालिका–८ थानसिंह निवासी छविलालकी श्रीमती लामिछानेको आवासका लागि बाटुली लामि`छाने फाउण्डेशनले निर्माण गरेको बाला भवन बिहीबार हस्तान्तरण कार्य`क्रममा यी हजुर`आमालाई ह्विलचियरमा राखेर मञ्चमा लगिएको थियो ।

उहाँ झण्डै पाँच घण्टा`सम्म एकै ठाउँमा रहेर अरुले लगाइदिएको खादा, दोसल्ला ओढेर बस्नुभयो र सहभागीको आकर्षणको केन्द्र भइरहनुभयो । ‘मलाई आशीर्वाद दिनुस् आमा’ भन्दै खुट्टा ढोग्न पुग्ने`लाई टाउकामा हात राखिदिने, ‘मलाई चिन्नुभो रु’ भन्नेहरुलाई एकछिन हेरेर हाँसिदिने`जस्ता उहाँका व्यवहार टाढा`बाट त्यहाँ पुगेकाका लागि अप्रत्यारिला लाग्थे