सुरक्षा पन्तले गरिन इन्गेजमेन्ट

अभिनेत्री सुरक्षा पन्तले इन्गेजमेन्ट गरेकी छन्।उनले अभिनेता मानव सुवेदीसँग इन्गेजमेन्ट गरेकी हुन्। सुरक्षाले सामाजिक सञ्जालमा इन्गेजमेन्टको तस्बिर सार्वजनिक गर्दै उक्त जानकारी दिएकी छन्।

‘आजबाट नयाँ अध्याय सुरू हुँदैछ। हामी धेरै खुसी छौं। आशीर्वाद दिनुहोला,’ उनले लेखेकी छन्।

उनीहरूको फागुन २५ गते चितवनमा विवाह हुँदैछ।मानवले फिल्म ‘अन्तरालु र ुचिनी कम रङ कडा’ मा अभिनय गरेका छन्। यतिबेला उनी छोटा फिल्म निर्देशन गर्दैछन्।