दुर्गा प्रसाईं माथि प्रहरीको एक्सन, को हुन् पक्राउ परेका ?

काठमाडौं, २४ फागुन । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका विरुद्ध अराजक अभिव्यक्ति दिएर चर्चामा रहेका व्यवसायी दुर्गा प्रसाईं विरुद्ध सरकारले एक्सन लिएको छ ।

प्रसाईंले बैंक तथा वित्तीय संस्थाका म्यानेजरलाई कालोमोसो दल्ने भन्दै युवा दस्ता बनाएका थिए । उक्त दस्ताका संयोजक शम्भु थापा बुधबार पक्राउ परेका छन् ।

प्रहरीले चितवनबाट उनलाई पक्राउ गरेको हो । प्रहरी श्रोतका अनुसार उनलाई अहिले जिल्ला प्रहरी चितवनमा राखिएको छ । कालोमोसो भन्दै अराजक अभियानमा जोडिएका अन्यलाई पनि प्रहरीले खोजिरहेको छ ।