अपिल त्रिपाठीले गण्डकी टेलिभिजन छाडे भन्दै लेखे यस्तो स्टाटस

पोखराका पत्रकार हुन् अपिल त्रिपाठी । अपिलको ब्राण्डेड कार्यक्रम गण्डकी छड्के गण्डकी टेलिभिजनबाट प्रसारण हुन्छ । यो कार्यक्रम, १५ वर्ष अघिको कार्यक्रम हो । यो कार्यक्रम गण्डकी मिडिया हाउसकै रेडियो गण्डकीको उत्पादन हो । अपिलले बेथिति, भ्रष्टाचार विरुद्ध सामाग्री पस्कदैं आएका छन् । तर अब बाट उनिले यस टेलिभिजन संगको आबद्धता अहिलेलाई टुङ्ग्याउने निर्णय गरेका छन् ।

उनले लेखेका छन्- आज सम्म : बिगत १५ बर्ष देखी मैले गण्डकी टेलिभिजनमा बिभिन्न जिम्मेवारीमा रहेर काम गरे । थाहा छैन, मैले टेलिभिजनलाई कती दिन सके, तर गण्डकी टेलिभिजनले मलाई धेरै कुरा दियो । जसका लागी म टेलिभिजन प्रति सधै ऋणी रहनेछु । मेरो आफ्नै कारणले यस टेलिभिजन संगको आबद्धता अहिलेलाई टुङ्ग्याउने निर्णय गरेको छु । भोलीका दिनमा फेरी यसै टेलिभिजन संग जोडिने मौका मिल्यो भने म आफुलाई भाग्यमानी ठान्नेछु।

अबको बाटो : १, म अब पब्लीक फोके टेलिभिजनमा आबद्ध हुने निर्णय गरेको छु । यस टेलिभिजन संगको सहकार्य उपलब्धीमुलक हुनेछ भन्ने बिश्वास लिएको छु । पब्लीक टेलिभिजनबाट ‘गण्डकी छड्के विथ अपिल त्रिपाठी’ नामक कार्यक्रम हरेक शुक्रबार राती ९ बजे प्रसारण हुनेछ । २, यो देशका बेथितीलाई अझै प्रभावकारी ढंगबाट प्रस्तुत गर्नको लागी हामी छिट्टै एक न्युज पोर्टल लिएर आउदैछौ । जसको नाम हो – गण्डकी छड्के न्युज डट कम ।

कार्यालय : हाम्रो कार्यालय पोखरा नयाँबजार स्थीत बजाज पल्सर बाइकको शोरुम नजिकैको गल्लीबाट १०० मिटर पुर्वतिर रहेको छ । हामीलाई 9856011452 मा सम्पर्क गर्न सकिन्छ । यहाँहरुको साथ, समर्थन र रचनात्मक आलोचनाको लागी सधै कृतज्ञ छु । अब थप एउटा कुराको जानकारी गराउन बाकी छ । उक्त जानकारी बैशाख ३१ गते साझ ५ बजे गराउनेछु ।

यो पनि अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारी (सीडीओ) छिन् मीना अर्याल । ‘स्टेट फर्वार्ड’ प्रशासकको रूपमा आफ्नो पहिचान बनाएकी मृदुभाषी उपसचिव मीना माघ १२ गते जिल्लाको पहिलो महिला सीडीओ बनिन् । अर्घाखाँची उनी हुर्किएको र अध्ययन गरेको जिल्ला पनि हो । उनका पति गोपाल अर्याल पनि प्रमुख जिल्ला अधिकारी नै छन् । कञ्चनपुर जिल्लाको सीडीओ गोपाल सहसचिव हुन् ।

नेपालको निजामती सेवामा पतिपत्नीले नै जिल्ला हाँक्ने दुर्लभ संयोग अर्याल दम्पतीलाई मिलेको छ । उसो त स्याङ्जापछि गुल्मी निजामती सेवाका लागि अहिले उर्बर भूमिका रूपमा चिनिन थालेको छ । सरकारी सेवामा प्रवेश गर्नेहरूको अनेकन संघर्ष, प्रेरणा र सफलताका कथामध्ये एक हो गोपाल–मीना दम्पतीको निजामती यात्रा । गुल्मीको रेसुङ्गा नगरपालिका–१० का गोपाल–मीनाको जोडी आफू मात्र अब्बल भएको छैन, निजामती सेवामा प्रवेश गर्न चाहनेका लागि पाठशाला पनि बनेको छ ।

निजामतीमा प्रवेश गर्न चाहनेले मीना र गोपालबाट धेरै सिक्न सक्छन् । अझै रोचक त के छ भने मीना र गोपालले विक्रम संवत् २०५५ सालमा शाखा अधिकृतमा एकैपटक खुला प्रतिस्पर्धाबाट नाम निकालेका थिए । आजभन्दा २५ वर्षअघि लोकसेवाको अधिकृतस्तरमा उत्तीर्ण हुने मीना जिल्लाको पहिलो महिला पनि थिइन् । मीनाले विक्रम संवत् २०५१ सालमा सहायक लेखापालबाट र गोपालले विक्रम संवत् २०५२ सालमा नायव सुब्बा (नासु) बाट निजामती सेवामा पहिलो पाइला चालेका थिए । मीना निजामती सेवामा प्रवेश गर्दा २१ वर्षकी थिइन् ।

पतिपत्नी नै राष्ट्रसेवामा लागेपछि उनीहरूको निजी जीवन साँघुरो भयो । मीना र गोपालले पेशागत चुनौती र बाध्यतासँगै परिवारको व्यवस्थापनलाई कुशलतापूर्वक निभाउँदै अगाडि बढेर निजामतीको उपल्लो तहसम्म आइपुगेको सीडीओ गोपाल बताउँछन् ।

रेसुङ्गा नगरपालिका–३ अर्खलेमा जन्मिएकी मीनाको विक्रम संवत् २०४५ सालमा ९ कक्षामा पढ्दापढ्दै साविक सिमिचौरका गोपालसँग मागी विवाह भएको थियो । विवाह गर्दा गोपालले तम्घासमा प्रविणता प्रमाणपत्र तह अध्ययन गर्थे । ‘विद्यालय तहको पढाइमा पनि म सधैं प्रथम हुन्थे,’ मीना भन्छिन्, ‘क्षमतामा महिला र पुरूष फरक होइनन् भन्ने मेरो सानैदेखिको बुझाइ थियो । अहिले पनि त्यहीँ नै छ ।’

मीना सहायक लेखापाल, सहलेखापाल, नायव सुब्बा, शाखा अधिकृत हुँदै उपसचिव सबैमा खुलाबाट पहिलो पटकमै लोकसेवा उत्तीर्ण गरेकी हुन् । ‘सीडीओमा सबल नेतृत्व र प्रशासनिक हिसाबले कमाण्ड गर्न सक्ने ‘लिडरसीप’ हुनुपर्छ,’ मीना भन्छिन्, ‘जिल्लाको नेतृत्व गर्दा धेरै खटिनुपर्छ । कमाण्ड गर्नुपर्ने, प्रमुख जिल्ला अधिकारी अर्धन्यायिक निकाय पनि भएको हुँदा ऐन, नियम, कानूनको पर्याप्त ज्ञान हुनुपर्छ साथै सीडीओ क्षमता प्रदर्शन गर्ने पद पनि हो ।’

‘श्रीमान्–श्रीमतीले नै एउटै समयमा जिल्लाको कमाण्ड गर्न पाउँदा हामीले भाग्यमानी ठानेका छौं,’ सीडीओ गोपालले भने । गोपाल विक्रम संवत् २०५५ सालमा अधिकृत, विक्रम संवत् २०६१ सालमा उपसचिव र २०७३ सालमा सहसचिव बनेका हुन् । मीना भन्छिन्, ‘सहसचिवमा दुवैको नाम निस्किएको थियो । उहाँ (गोपाल) उत्तीर्ण हुनुभयो, मेरो अन्तर्वार्ता बिग्रियो ।’