कस्तो संयोग ! पल पक्राउ परेकै दिन रिहा हुँदै

अभिनेता पल शाहले सफाइ पाएका छन् ।उच्च अदालत पोखराले कलाकार पूर्णविक्रम शाह (पल शाह)विरुद्ध अभियोगमा दाबी नपुग्ने फैसला गरेको हो ।न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।

जिल्ला अदालत नवलपुरको फैसला उल्टाउँदै उच्च अदालत पोखराले आइतबार अभिनेता शाहलाई सफाइ दिएको हो ।बाल यौ’ न दुरुपयोगको मुद्दामा अभिनेता शाहले तनहुँ जिल्ला कारागारमा जेल सजाय काटिरहेका थिए । एक ना’ बालिग गायिकालाई ब’ लात्का’ र गरेको

आरोपमा पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी पूर्व र जिल्ला अदालत तनहुँमा मुद्दा चलेको थियो । नवलपरासी पूर्वले ब’ लात्का’ र मुद्दामा सफाइ दिँदै बाल यौ’ न दुरुपयोगमा साढे २ वर्ष कैद र १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।जिल्ला अदालत तनहुँले भने उनलाई सफाइ दिएको थियो ।

उच्च अदालत पोखराका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले बाल यौ’ न दुरुपयोगको अभियोग दाबी नपुग्ने फैसला सुनाएको हो । यो फैसलासँगै अभिनेता शाह जेलमुक्त हुने भएका छन् ।शाहलाई गत भदौ १० मा नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले

ब’ लात्का’ र अभियोगबाट सफाइ दिएपनि बाल यौ’ न दु’ रुपयोगमा २ वर्ष ६ महिना कै’ द सजाय, २५ हजार जरिवाना र पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो । जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध अभिनेता शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए ।

एउटै व्यक्तिले शाहविरुद्ध दुईवटा जिल्लामा बलात्कारको उजुरी दिएकी थिइन् ।प्रहरीमा ब’ लात्का’ रको उजुरी दिएकी जाहेरवालाले अदालतमा भने उजुरी झुटो भएको बकपत्र गरेकी थिइन् । पीडित ‘हो’ स्टाइल’ भएकाले बयान फेरेको भन्दै सरकारी वकीलको कार्यालयले ब’ लात्का’ र मुद्दामा सजाइ हुनुपर्ने माग गरेको थियो।

पीडित बालिकाले अनुसन्धान अधिकारी समक्ष आफूमाथि नवलपुरको गैंडाकोट र तनहुँमा शाहले ब’ लात्का’ र गरेको बयान दिएकी थिइन्। तर, मुद्दा अदालतमा पुगेपछि भने पीडित बालिका र उनका अभिभावकले यस विपरीत बयान दिएका थिए। उच्चले यसअगाडि १५ दिनभित्र मुद्दाका पक्षधरलाई उपस्थित गराउन आदेश दिएको थियो ।

दुवै पक्षका व्यक्ति उपस्थित भएपश्चात उच्च अदालतमा आज (आइतबार) पेसी चढेको थियो । विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने भएकाले आज रिहा गर्न नभ्याइने स्रोतले बताएको छ । गत वर्षको फागुन महिनामै पक्राउ परेका थिए । उनी आफैं तनहु प्रहरी कार्यालय गएर आत्मसमर्पण गरेका थिए ।

उनी भोलि जेलबाट निस्किएर काठमाडौं आउने बुझिएको छ ।उनी पक्राउ परेकै दिन एक वर्षपछि रिहा हुँदैछन्। जेलमुक्त हुन लागेका पल शाहकी नजिककी साथि पूजा शर्माले खुशी व्यक्त गरेकी छिन् ।उनले फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन् आज पानी पर्यो, सबै फोहोर पखालियो । मेरो साथी पलले सफाइ पायो । अब सबै कुरा सुन्दर भएर आयो । धन्य भगवान