बेनिशालाई किन निराश बनाउने काम गरे दीपक दीपाले ?

काठमाडौँ । दीपकराज गिरी तथा दीपाश्री निरौलाको फिल्म ‘छक्का पन्जा ४’मा अभिनय गर्न पाउँदा सुरुसुरुमा नायिका बेनिशा हमाल निकै फुरुगं थिइन् । फाट्ट फुट्ट फिल्महरु पाएता पनि जमेर चल्न नसकेकी बेनिशा अवसर र व्यानरको पर्खाइमा थिइन् । यही मौकामा दीपकले राखेको प्रस्ताव स्विकारेर उत्साहका साथ फिल्म छायांकनमा लागिन् बेनिशा ।

फिल्म यही फागुन १९ देखि प्रदर्शनको तयारीमा छ। तर फिल्म रिलिजको समयमा आएर बेनिशा फिल्मप्रति उदासीन देखिएकी छन्। दीपक(दीपा, माग्ने, निर्मल शर्मा गैँडा लगायतहरु फिल्मको प्रचारमा हिँडिरहँदा बेनिशा भने अहिलेसम्म कहीँ कतै देखिएकी छैनन् । बेनिशाले फिल्मको ट्रेलर र गीत सामाजिक सञ्जालमा सेयर त गरेकी छन् तर अन्य प्रचारमा उनको संलग्नता देखिँदैन। फिल्मको ‘दर्शन सलाम’बोलको गीत हिट भएपनि बेनिशालाई भने छुटाइएको छ ।

फिल्मको शीर्ष भूमिकाका लागि भनेर अनुबन्ध भएकी बेनिशाको भन्दा आइटम डान्स गरेर स्वस्तिमा बढी चर्चामा हुँदा तनावमा छिन् वेनिशा । फिल्म निर्माण टिमले फिल्ममा अवसर दिए पनि प्रचार प्रसारका सामाग्रीमा उनलाई नसमेटेर एक हिसाबले जिल्ल पारेको अवस्था छ। जुन गतिबिधिले बेनिशा निर्माण यूनिटसँग खुशी छैनन् ।