घरज्वाई बस्ने केटा खोज्दै गायिका मगर : कसरी बनाइन् काठमाडौंमा भव्य महल र लग्जरी कार ?

काठमाडौं। चर्चित लोक तथा दोहोरी गायिका तथा मोडल ज्योति मगर बेला–बेला अनेक फण्डा गरेर चर्चामा आउँने गर्दछिन् । गीत भन्दा उनका हर्कतहरु चर्चामा हुने गर्दछन् ।

तर उनले छोटो समयमा लोभलाग्दो प्रगती गरेकी छिन् । अहिलेसम्म अविवाहित गायिका मगरले काठमाडौंमा भव्य घर बनाएकी छिन्। कलाकारिताबाटै उनले काठमाडौंको मुटुमा भव्य घर बनाएको कुरा पहिले नै बताएकी थिइन्।

कोरोना महामारी शुरु भन्दा पहिले नै बनाइसकेको घरमा हाल उनी बस्दै आएकी छिन्। विकट गाउँ रोल्पामा जन्मेर काठमाडौंमा संघर्ष गर्दै आफूले घर बनाएको कुरामा उनी गौरव गर्छिन्। घर मात्र हैन अहिले त उनीसँग आफ्नै लग्जरी कार समेत रहेको छ ।

काठमाडौंको अत्यन्तै महंगो जग्गा पर्ने स्थान कोटेश्वरमा उनले तीन तलाको भव्य विशाल घर बनाएकी छन्। अविवाहित गायिका मगरले अब बिहे गर्ने इच्छा पनि प्रकट गर्न थालेकी छिन् ।

उनले आफूले घरज्वाँई बस्ने दुलाह खोजिरहेको तर मन मिल्ने मान्छे नपाएको पनि उल्लेख गरिन्। रमाइलो गर्दै उनले भनिन्ः ‘घर भैसक्यो अब घरजम गर्ने तयारीमा छु।’ तर म उनको घर हैन मेरै घरमा बस्ने समझदार केटा रोज्नेछु ।

ज्योती मगर विशेषगरी उनका गीत र भिडियो अनि समय समयमा दिने बयानका कारण प्रायः चर्चामा रहने गर्छन्। नेपाली समाजले उनका धेरै गीतहरूलाई पाच्य मान्दैन। दशकभन्दा लामो समयदेखि कलाकारीतामा सक्रिय उनले नाम र दाम दुवै कमाएकी छन्।

पछिल्लो समयमा उनले आफ्ना गीतहरुमा केही परिवर्तनहरू देखाउन थालेको देख्न सकिन्छ। शुरुवातमा उत्ताउला र उच्छृंखल हुने गीतहरू अहिले अलिकति सुधार भएको हुन सक्ने धेरैको बुझाई रहेको छ।

उनी विदेशमा हुने विभिन्न सांगीतिक कार्यक्रममा अधिक रोजाईमा पर्ने गायिका हुन् । विदेशमा रहेका नेपालीहरुले आयोजना गर्ने कार्यक्रमहरुमा ज्योति पुगिरहेकी हुन्छिन् ।

उनको घरमा उनका दिदीका छोरा पनि बस्दै आएका छन्। उनीसँग आफ्नै लग्जरी कार पनि छ। उनको शौखिन जीवनशैली निक्कै लोभलाग्दो छ। अरु कालाकारको अवस्था हेर्दा र ज्योतिलाई नियाल्दा उनले आकाश, पाताल हुनेगरी आर्थिक रुपमा सम्पन्नता ल्याएकी छिन्।