भोलि देशभर सार्वजनिक बिदा

काठमाडौं। सरकारले फागुन ९ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

शेर्पा समुदायको ग्याल्बो ल्होसारको अवसरमा सरकारले सार्वजनिक विबदा दिने निर्णय गरेको हो।ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘ग्याल्बो ल्होसार’ भनिएको हो। एक महिनासम्म मनाइने ल्होसारको भोली पहिलो दिन रहेको छ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्बो ल्होसारलाई विभाजन गरिएको छ।

जुम्ला। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले ४ हजार भन्दा बढी मेजर अपरेशन गर्न सफल भएको छ।

प्रतिष्ठानका मेडिकल रेकर्डर मेघराज बुढाकाअनुसार ०७१ सालमा सेवा सुरु गरेको प्रसुति सेवा मात्रै चालु आर्थिक वर्षको पुससम्म ७ हजार १ सय १९ गर्भवती महिलाले लिएका छन्। सो अस्पतालवाट ३ लाख ८० हजार ६ सय ५३ जनाले बहिरंग सेवा लिएका छन भने ३२ हजार ७ सय ४० जनाले अन्तरंग सेवामा भर्ना भएर उपचार गराएका छन्।

४८ हजार ३ सय बिरामीलाइ आकस्मिक सेवा दिएको कर्णाली अस्पतालले ४ हजार ३ सय ८५ वटा मेजर अपरेसन सफल पारे पछि वरपरका जिल्लावाट बिरामी उपचारका लागि आउने क्रम बढेको छ। सुरुका वर्षहरूमा जुम्लाका मात्र सेवाग्राहीले सेवा लिने गरेकामा विस्तारै मुगु, कालिकोट, बाजुरालगायत जिल्लाका हिमाली भेगवाट पनि बिरामी आएर उपचार गर्ने क्रम बढदै गएको बुढाले जानकारी दिए।