मुस्ताङबाट पोखराका लागि छुटेको यात्रुवाहक बस कालीगण्डकीमा खस्यो

पोखरा। मुस्ताङ जोमसोमदेखि पोखराका लागि छुटेको बस थासाङ गाउँपालिका-३ मा कालीगण्डकीमा खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन्।

मुस्ताङको थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँमा सडकबाट जीप कालीगण्डकीमा खसेको हो। मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर ३ स्थित धम्पुमा ना ७ ख ७४४० को बस दुर्घटना भएको प्रहरीले जनाएको छ। बसमा सवार सबै जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन्द्रनाथ पौडेलले जानकारी दिए।

गम्भीर घाइते २ जनासहित १४ जनालाई थप उपचारका लागि एम्बुलेन्समार्फत पोखरा पठाइसकिएको छ भने बाँकी तीन जना सामान्य घाइतेको थासाङ–३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक पौडेलले बताए।