यस बर्ष पशुपतिनाथको मन्दिर दर्शन गर्न २० लाख भक्तजन आउने अनुमान ।

फागुन ३, काठमाडौं । यस वर्षको शिवरात्रिमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न २० लाख भन्दा बढी भक्तजन आउने पशुपति क्षेत्र विकास कोषले अनुमान गरेको छ ।

बुधबार पत्रकार सम्मेलन गरी र्शिवरात्रिको तयारीबारे जानकारी गराउँदै पशुपति क्षेत्र विकास कोषले शिवरात्रिमा करिब २० लाख हाराहारीमा धार्मिक पर्यटक आउने अनुमान गरेको हो । कोषले यस समयमा ट्राफिक सुरक्षा लगायतका अन्य व्यवस्थापन राज्यका सम्बन्धित अंगहरुसँग समन्वय गरेर गर्ने जनाएको छ ।

यस्तै पशुपति क्षेत्रमा कोषको बाहेक कुनैपनि लोगो, पर्चा, ब्यानर लैजान नपाउने नियम बानाइएको छ । कोषले स्वंयसेवक, सहयोग विभिन्न नाममा प्रचार गने गरेको भन्दै यो वर्षबाट त्यस्तो हुन नदिने जानकारी गराएको छ ।

शिवरात्रिमा पशुपतिनाथ मन्दिरमा राष्ट्रपति विध्या देवि भण्डारी स्वयम आफैं आउने कार्यक्रम रहेको भन्दै सुरक्षा व्यवस्था झनै बलियो बनाएको कोषले दाबी गरेको छ ।

यस्तै शिवरात्रीको तयारीको लागी ८० लाख खर्च छुट्याएको भन्दै खर्चको विवरण भने यही फागुन मसान्तसम्म सार्वजनिक गर्ने कोषले जानकारी दिएको छ ।