ऋण तिर्न नसकेपछि एक महिलाले गरिन् आत्मह’त्या

काठमाडौं । सप्तरीमा ऋण तिर्न नसकेपछि एक जनाले आत्मह’त्या गरेका छन् । सप्तरीको कञ्चनरुप नगरपालिका ९ विष्णुमन्दिर टोलका भीमबहादुर भुजेलकी श्रीमती ५८ वर्षीया शान्ता कुमारी भुजेलले आत्मह’त्या गरेकी हुन् ।

भुजेलले पासोमा झुण्डिएकी हुन् । उनको शव पोस्टमार्टम गरी मृतक परिवारलाई जिम्मा लगाइएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरीले जनाएको छ ।

शान्ताले विभिन्न लघुवित्त र साहुमहाजनबाट लिएको ऋण तिर्न नसकेपछि दिनैपिच्छे तनाव दिएका कारण मृत्यु रोजेकी स्थानीय बताउँछन् । भुजेल परिवारको सम्पतिको नाममा रहेको १० धुर घर घडेरी पनि एक वर्षअघि एक जना साहुको नाममा पास गरी ऋण लिएका थिए ।

शान्ताका तीन छोरा छोरी छन् । दुई छोरीको बिहे भइसकेको छ भने एक छोरा वैदेशिक रोजगारमा छन् । बुहारी माइतमा छिन् । भीमबहादुर र श्रीमती शान्ता घरमा बस्ने गरेका थिए ।

यसअघि गत पुस १० मा सप्तरीकै छिन्नमस्ता गउँपालिका–२ रामपुरका ४५ वर्षीय रामदेव मरिकले ऋण तिर्न नसकेर आत्महत्या गरेका थिए ।

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।