माया लामाको होटलबाट यस्तो अवस्थामा समातिए ६ जना पुरुष

भक्तपुर, २ फागुन । सूर्यविनायक नगरपालिका(६ पाण्डुबजारस्थित काभ्रे चौरीदेउराली गाउँपालिका(२ घर भएकी ५२ वर्षीया माया लामाको होटलमा तास खेलिरहेको अवस्थामा माया लामासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।