मजदुर कुटिएको विरोधमा नँया बसपार्क नजिकै तनाव, प्रहरीमाथि ढुंगा प्रहार गर्दै प्रदर्शनकारीले जलाए प्रहरी भ्यान

काठमाडौं – मजदुर कुटिएको विरोधमा यातायात व्यवसायीले प्रदर्शन गरेपछि काठमाडौंको बालाजु बाइपास क्षेत्र तनावग्रस्त बनेको छ । यातायात व्यवसायीले प्रहरीको भ्यानसमेत जलाइदिए पछि स्थिती थप तनाबग्रस्त बनेको हो ।

यातायात मजदुरमाथि भएको हातपातको विरोधमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आज चक्रपथका विभिन्न खण्डमा सडकमै गाडी रोकेर प्रदर्शन गरेका छन् ।

प्रहरीमाथि मजदुरहरूले इँटा र ढुंगा प्रहार गरेपछि प्रहरीले पनि लाठीचार्ज गरेको छ । अहिले सडकमा टायर बालेर प्रदर्शन गरिएको छ ।