रवि लामिछानेका लागि आत्मदाह प्रयास गर्न खोज्ने कार्कीको बयानले प्रहरी समेत आश्चर्यचकित !

जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्ला अगाडि ’रवि लामिछानेले न्याय पाउनुपर्छ’ भन्दै जुम्लामा एक जनाले आत्मदाहको प्रयास गरेका छन् ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चालक गोकर्ण कार्कीले शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय जुम्ला प्रहरी नायव उपरीक्षक नरेन्द चन्दले जानकारी दिनुभयो ।

४० वर्षका कार्कीले पेट्रोल खन्याएर शरीरमा आगो लगाउने प्रयास गरेको जुम्ला प्रहरीले जनाएको छ । कोलपुर नगरपालिका – ११ घर बताउने कार्की १५ वर्षदेखि अस्पतालमा काम गर्दै आएका छन् ।

प्रहरीले आत्मदाहको प्रयासलाई रोक्दै गर्दा कार्कीले यो देशमा जताततै भ्रष्टाचार छ । अनियमितता छ, “ रवि लामिछाने जस्तो मान्छेले न्याय नपाउने देशमा बाँचेर के गर्नु ?” भन्दै आफूलाई मर्न दिन आग्रह गरेका थिए ।

प्रतिष्ठानका सवारी चालक कार्कीलाई शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दै गर्दा प्रहरीले जोगाएको छ । उनको स्वास्थ्यमा खासै असर देखिएको छैन । उनलाई अहिले कर्णाली स्वास्थ्य विज्ञानमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।