‘बलि दिन’ भारत पुर्‍याइएकी बालिकाको नेपाल प्रहरीले गर्यो उद्धार

काठमाडौं । बलि दिन भारत पुर्‍याइएको अवस्थामा वाग्मती प्रदेशकी १६ वर्षीया बालिकाको उद्धार गरिएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले उनको उद्धार गरेको हो ।

माध्यमिक तहमा अध्ययनरत ती बालिका गत मंसिर १७ गतेदेखि सम्पर्कविहीन थिइन् । आफ्नो घरमा राम्रो सम्बन्ध नहुँदा सानै उमेरबाट मामाघरमा बसेर अध्ययन गर्दै आएकी उनी साथीको प्रलोभनमा परेर भारत पुगेकी थिइन् ।

भारतको नयाँ दिल्लीमा रहेका तान्त्रिक बाबाले मन पराए धेरै पैसा पाउने भनी साथीले प्रलोभन देखाएपछि उनी अध्ययन छाडेर भारत पुगेको ब्युरोले जनाएको छ ।यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

मंसिर १७ देखि पुस १९ गतेसम्म काठमाडौंमा बन्धक बनाइएकी ती बालिकालाई पुस २० गते काठमाडौंबाट सुनौली हुँदै २२ गते भारत पुर्‍याइएको ब्युरोका वरिष्ठ प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।