आमाको निधन भएसँगै राखीले भनिन् आज मेरो टाउकोबाट आमाको हात हटेको छ, अब मसँग गुमाउन केही बाँकी छैन

काठमाडौँ । बलिउड अभिनेत्री तथा आइटम गर्ल राखी सावन्तकी आमाको निधन भएको छ । आमाको निधनको खबरसँगै राखीले दुखी हुँदै भनेकी छिन् , ‘आज मेरो टाउकोबाट आमाको हात हटेको छ। अब मसँग गुमाउन केही बाँकी छैन ।’

सामाजिक संजालमा आमालाई स्मरण गर्दै उनले भावविह्वल बनाउने स्टाटस लेखेकी हुन् । राखीले आमासँगको अस्पतालको भिडियो शेयर गर्दै आमाको सम्झनामा लेखेकी छिन्, ‘म तिमीलाई माया गर्छु आमा१ तिमी बिना मेरो केहि छैन। अब मेरो पुकार कसले सुन्ने, मलाई अब कस्ले अँगालो मार्छ।

अब के गर्ने, कहाँ जानेरु’ राखीकी आमा जयालाई ब्रेन ट्युमर र क्यान्सर भएको थियो । उनको उपचारका क्रममा निधन भएसँगै राखीले आँफु अब सँधैका लागि एक्लिएको भन्दै आफ्नी आमाको लागि प्रार्थना गरिदिन आग्रह समेत गरेकी छिन् ।

राखीकी आमाको सन् २०२१ अप्रिलमा पित्त थैलीबाट ट्युमर निकाल्नका लागि लागि शल्यक्रिया गरिएको थियो । क्यान्सरजस्तो गम्भिर रोगबाट ग्रसित आमाको निधन भएसँगै राखीले भावविश्वल हुँदै अब मेरो पुकार कसले सुन्छ भन्दै पोस्ट गरेको भिडियोमा धेरैले सान्तवना व्यक्त गरेका छन् ।