मरेपछि जाने स्वर्ग कस्तो देखिन्छ ?यस्तो छ १ महिलाको अनुभव

काठमाडौँ – मृत्युपछि जीवन कस्तो देखिन्छ ? मृत्युपछि मानिस कहाँ जान्छ? देह छोडेर आत्मा कहाँ जान्छ ? यो दुनियाँ सम्झनामा आउँछकि आउँदैन ? यस्ता धेरै प्रश्न छन्, जुन शताब्दीयौँदेखि मानिसको मनमा खेल्दै आएका छन् र यसको सही उत्तर आजसम्म भेटिएको छैन । तर, यसबारेमा १ महिलाले आफ्नो अनुभव बाँड्दै आफू मरेपछि ५ वर्ष स्वर्गमा बिताएपछि फर्केर आएको दाबी गरेकी छिन् ।

सूचना र प्रविधिको विकास भएको संसारमा यस्तो हसाउँने अनुभव डाक्टर लिन्डा क्रेमरले सुनाएकी हुन् । ५ वर्ष स्वर्गमा बसेर पनि कोही फर्किन सक्छ ? तर, क्रेमरले सन् २००१ को मे ६ तारिखको बिहान सबेरै मृत्यु भएको र उनको स्वर्गको यात्रा सुरु भएको दाबी गरेकी हुन्। यस अवधिमा उनलाई अस्पताल पु¥याए पनि उनको आत्मा स्वर्ग पुगिसकेको थियो ।

स्वर्ग कस्तो देखिन्छ?

लिन्डा क्रेमरका अनुसार मृत्यु भएको १४ मिनेटपछि मात्रै उनले सगरमाथाभन्दा अग्लो ठूला हिमाल देखेकी थिइन् । युट्युबमा एनडीई डायरीसँगको अन्तर्वार्ताका क्रममा क्रेमरले आफूलाई फूलको खेतमा उभिएर सगरमाथाभन्दा ३० हजार गुणा अग्लो हिमाल हेरिरहेको बताइन् । तिनीहरूले आकाश छुने भवनहरू देखिरहेका थिए, तिनीहरूको तुलनामा दुबईका अग्लो भवनहरू झुपडीजस्ता देखिन्थे। त्यहाँ एक ताल पनि थियो र धेरै सुन्दर दृश्य देखिन्थ्यो। यति मात्र होइन, क्रेमरका अनुसार त्यहाँ मानिसहरु पनि उपस्थित थिए, जससँग उनी कुरा गरिरहेकी थिइन् ।

महिलाको भनाइमा कति सत्यता छ ?

उनको सम्पूर्ण अनुभवले ५ वर्ष विताए जस्तो लागेको बताउँछ । उनको भनाइमा कति सत्यता छ, कति पत्याउने भन्न सकिन्न तर मृत्युपछिको संसारको यस्तो दाबी यसअघि पनि गरिँदै आएको छ । कसैको लागि तिनीहरू सकारात्मक छन्, जबकि कसैले तिनीहरूलाई पीडादायी र नकारात्मक भन्छन्। कतिपयको धार्मिक आस्थासँग सम्बन्धित अनुभव पनि छन् ।