गायक हेमन्त शर्माले भने– ‘आयोजकले धन्न त्यही जहाजको टिकट काटिदिएनछन्’

काठमाडौंँ । चर्चित गायक हेमन्त शर्माले बागलुङ कार्यक्रमका आयोजकले एक घन्टा अगाडिको टिकट काटिदिएको कारण आफु दुर्घटनाबाट जोगिएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै सो कुरा बताएका हुन् । उनले कार्यक्रम आयोजक प्रशान्त भाइले आफ्नो टिकट एक घन्टा ढिलो नगरिदिएको कारण आफु दुर्घटनाबाट जोगिएको बताएका छन् ।

‘आज म काठमाडौंबाट पोखरा उडेको करिब १ घन्टापछि काठमाडौबाट पोखरा उडेको जहाज नराम्ररी दुर्घटना ग्रष्ट भएको छ । सँगै प्रतिक्षामा रहन हुने देखादेख भएका कति यात्राु, पक्कै पर्नुभयो । साह्रै दुःख लाग्यो’ उनले पोष्टमा अगाडि लेखेका छन्– ‘सम्पूर्ण मृतकहरुप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु ।’ उनले जिन्दगीको केही भर नभएको समेत पाष्टमा उल्लेख गरेका छन् । उनले बिहान आफ्नो पोष्ट हेरेर आफुप्रति चासो दिनेलाई समेत धन्यवाद भनेका छन् ।

शर्मा पोखरा पुगेको करिब एक घण्टापछि दुर्घटना भएको यती एयरलाइन्सको जहाज काठमाडौंबाट उडेको थियो । उक्त जहाजमा बाग्लुङ घर भएकी गायिका निरा छन्त्याल पनि थिइन् । पोखरामा हुने माघी महोत्सवमा सहभागी हुन गएकी उनी जहाज दुर्घटनामा परिन् ।

यो पनि पढ्नुहोस् :
काठमाडौं, १ माघ । दुर्घटनाग्रस्त यति एयरलायन्सको विमानमा दुई जना चिकित्सक पनि सवार रहेको पाइएको छ ।

राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ३३ बर्षीय चिकित्सक डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवारक रहेको पाइएको हो ।

ट्रमा सेन्टरमा पूर्वनिर्देशक डा. सन्तोष पौडेलका अनुसार उनिहरुसँगै १० महिनाको बच्चा पनि रहेका छन् । डा. श्रेष्ठ पोखरा निवासी हुन।

यो पनि पढ्नुहोस् :
आईतवार विहान पोखरामा भएको विमान दुर्घटनामा दोहोरी गायिका निरा छन्त्यालसमेत परिन। उनको अवस्थाका वारेमा पूर्ण जानकारी नआएपनि पारिवारिक स्रोतले उनी सोही जहाज चढेर पोखरा गएको पुष्टि गरेको छ।

यता, चर्चित लोकगायक पशुपति शर्मा भने भाग्यबस सो दुर्घटनामा पर्नबाट जोगिएका छन् । उनले आज यही विमानबाट पोखरा जाने टिकट रद्द गराएका थिए । साथै पोखराबाट फर्खिन आज विमानको प्रतीक्षामा थिए । अचानक दुर्घटनाको खबर पाएपछि उनी स्तब्ध छन् । कर्म र ग्रहले आफू दुर्घटनाबाट बचेको उनको भनाइ छ ।

‘खासमा आज मेरो यही विमानमा पोखरा आउने कुरा थियो । तर, मेरा अरु पनि कामहरु भएकाले गर्दा आजको फ्लाइट क्यान्सिल गरेर म दुई दिनअघि नै बुद्ध एयरबाट पोखरा आएको थिएँ । आज म पोखराको कार्यक्रम सकेर काठमाडौं फर्कन आँटेको हो’ उनले भने–‘फ्लाइट कुरिरहेको थिएँ । विमान दुर्घटनाको खबर आउँदा पनि म यहीं नै थिएँ ।’

विमान अवतरण होला भनेर पर्खेर वसेको तर पछि दुर्घटनाको समाचार देखेपछि साह्रै नमज्जा लागेको उनले वताए । ‘रुन मन लाग्यो । मेरा कतिपय साथीहरु जानुभयो हेर्न । मलाई पनि जाउँ भन्दै हुनुहुन्थ्यो । तर, त्यहाँ गएर हामीले न उद्दार गर्न सक्छौं त न अरु केही । बेकारमा होहल्ला र उद्दारमा अवरोध हुन्छ भनेर म चाहिँ गइनँ ।’– उनले भने।

‘दुर्घटना भएको विमानका यात्रुका परिवारहरु यहाँ पर्खाइमा हुनुहुन्थ्यो होला । दुर्घटनाको खबर सार्वजनिक हुनेबित्तिकै यहाँका अधिकतम मानिसहरु दुर्घटनास्थल क्षेत्रतर्फ लाग्नुभयो’ उनले थपे–‘त्यसैले दुर्घटनापश्चात उहाँहरुको स्थिति कस्तो छ । के छ भन्ने कुराको ख्याल भने मैले गर्न पाइनँ ।’

६८ जना यात्रु र चालक दलका चारजनासहित आज बिहान ११ः१० बजे उडेको यती एयरलाइन्सको विमान पोखरा उपत्यकाको सेती नदी खोंचमा खस्यो । दुर्घटनाग्रस्त विमानबाट हालसम्म ४१ जना निकालिएको र तीमध्ये बढीमा २ जनामात्र जीवित रहेको प्रारम्भिक अनुमान छ ।