उर्वर्शीकी आमाले मन्दिर अघि गएर भनिन् ‘सबै ठिक छ छोरी, चिन्ता नगर’

काठमाडौँ । आँफैले चलाएको कार डिभाइडरमा ठोक्किएर गम्भिर घाइते बनेका भारतीय क्रिकेट टिमका खेलाडी ऋषभ पन्त अहिले उपचाररत अवस्था छन् । उनको शिर्घ स्वास्थ्यलाभको कामना सारा क्रिकेट प्रेमीहरुले उनका लागि प्राथना गरिरहेका बेला सबैभन्दा बढी प्राथना उनकी प्रेमीका भनिएकी नायिका उर्वशी रौटेलाले गरेकी छिन् ।

यि दुईबीच प्रेमसम्बन्ध रहेको चर्चा चलेकै बेला ऋषभ एक्कासी दुर्घटनामा परेका हुन् । ऋषभ दुर्घटनामा परे लगत्तै उर्वशीले ऋषभ पन्त भर्ना भएको अस्पतालको तस्विर शेयर गरेकी थिइन्।

यसअघि अभिनेत्री उर्वशीले प्रार्थना गर्दै गरेको तस्बिर राखेकी थिइन्। जुन एकदमै भाइरल भएको थियो। तर अहिले आएर उनकी आमा पनि उनको बाटोमा देखिएकी छन्।

अभिनेत्रीकी आमा मीरा रौटेलाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा दुई तस्विर शेयर गरेकी छन्, जसमध्ये पहिलो तस्बिर कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालको हो। ऋषभ पन्त यस अस्पतालमा भर्ना छन् र दोस्रो तस्विरमा मीरा मन्दिर बाहिर उभिएकी छन्।

यी दुई तस्विर पोस्ट गर्दै आमा मीराले छोरी उर्वशीलाई बधाई दिँदै ‘सबै ठिक छ छोरी, चिन्ता नगर।’ भनेर गरेको पोस्ट अहिले आएर भाइरल बनिरहेको छ ।

उक्त पोस्टमा एक प्रयोगकर्ताले लेखे, ‘जनतालाई धेरै राम्रो जवाफ, जय उत्तराखण्ड।’यो पोस्ट गरेसँगै ट्रोलको शिकार बनेकी
मीरा रौटेला र सर्वशीलाई लक्षीत गर्दै अर्का एक प्रयोगकर्ताले लेखे, ‘अब ससुराको पोस्ट गर्ने पालो हो।’