आज रारा राष्ट्रिय म्युजिक अवार्ड सम्पन्न हुदै, राष्ट्रपति विद्यादेवी भण्डारी आउने

काठमाडौं । रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९ यही पुस २६ गते काठमाडौंमा हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा हुने कार्यक्रममा अवार्ड वितरणका साथै कर्णालीको कला संस्कृति झल्काउने विविध सांस्कृतिक कार्यक्रमसमेत आयोजना हुने आयोजक संस्था कर्णाली कलाकार समाज तथा कनका सुन्दरी फिल्मस्ले जनाएको छ ।

सो अवसरमा नोमिनेसनमा परेका उत्कृष्ट पाँच विधाका कलाकारलाई अवार्ड वितरण गरिने आयोजक संस्थाका अध्यक्ष पदम रोकायाले जानकारी दिनुभयो । भाषा, भाषी, लोकदोहोरी, आधुनिक, राष्ट्रिय गीतका विभिन्न विधामा अवार्ड प्रदान गरिने उहाँले बताउनुभयो ।