यसपटक तेब्बर बढी मतले विजयी हुन्छ : महेश बस्नेत

नेकपा एमाले भक्तपुर क्षेत्र नं २ का संविधानसभा सदस्यका उम्मेदवार महेश बस्नेतले विपक्षीभन्दा तेब्बर बढी मतले विजयी हुने दाबी गरेका छन्। स्थानीय पत्रकारहरुसँगको अन्तरक्रिया गर्दै उनले पछिल्लोपटक दोब्बर मतले विजयी भएकोमा योपटक तेब्बर बढी मतले विजयी हुने दाबी गरे।

सता गठबन्धनले आफूलाई कुनै असर नपर्ने उनले बताए। ‘गठबन्धन नेताहरुबीच मात्रै छ। कार्यकर्ताबीचमा कुनै गठबन्धन छैन। हामी उही कार्यकर्ताहरुलाई भेटिरहेका छौं र उनीहरु हामीप्रति सकारात्मक छन्,’ उनले भने।

आफूले भक्तपुर क्षेत्र नं २ मा विकाशको लहर ल्याएको तर त्यसलाई कांग्रेसले रोकेको आरोप लगाए। यही कारण आफ्नो मत अझ बढ्ने उनको दाबी थियो। उनले आफू विजयी भएमा भक्तपुरलाई भ्रष्टाचारमुक्त जिल्लाको रुपमा विकास गर्ने पनि बताए। भक्तपुरमा काम गर्दा एक पैसा पनि घुस दिन नपर्नेगरी सिंगो भक्तपुरलाई नै भ्रष्टाचारमुक्त जिल्ला बनाउने उनको भनाइ छ।

यो पनि :
सत्ता गठबन्धनबाट काठमाडौं–२ की साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलाई मन्त्री बनाउने घोषणा भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जिताएर पठाउन त्यहाँका मतदातालाई आग्रह गर्दै चुनावपछि उनलाई विकास मन्त्रालयको मन्त्री बनाउने घोषणा गरेका हुन् ।

सत्ता गठबन्धनले आइतबार काँडाघारीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुुन् । उनले घर्तीभित्र धेरै अन्तरनिहीत क्षमता रहेको बताए । त्यही क्षमता देखेर आफूले उमेर नपुगे पनि सभामुखको जिम्मेवारी दिएको र उक्त जिम्मेवारी उनले कुशलतापूर्वक निर्वाह गरेको चर्चा गरे ।

प्रचण्डले काठमाडौं–२ माओवादीले पाउने टुंगो नहुँदै कुनै एक निर्वाचन क्षेत्रबाट चुनाव लड्न आग्रह गर्दा ओनसरीले सहर्ष स्वीकार गरेको बताए । ‘ओसनरीमा केही गर्न सक्ने नेतृत्वको क्षमता छ ।

यस क्षेत्रका जनतालाई निर्धक्कसँग ओनसरी र प्रदेशसभामा उम्मेदवार रहेका उहाँको टिमका उम्मेदवारलाई विजयी गराउनुस्’, प्रचण्डले भने, ‘उहाँलाई विजयी गराएपछि एउटा राम्रो विकासे मन्त्री पनि उहाँलाई बनाएर तपाईंहरूको अगाडि पठाएनेछ । यो विश्वास दिलाउन चाहन्छु ।’

ओनसरी संघर्ष संघर्षमा जीवन बिताएको महिला नेता भएको र उनीभित्र के क्षमता छ भन्ने कुरा मैले नजिकबाट नियाल्ने कोसिस गरेको उनको भनाइ थियो ।

उमेर नपुगेको व्यक्तिका लागि प्रतिनिधिसभाको सभामुखजस्तो जिम्मेवारी निर्वाह गर्नु चानचुने कुरा नभएको भन्दै उनले सफलतापूर्वक सभामुख चलाएर महिलाले पनि अवसर पाए गर्न सक्छन् भन्ने पुष्टि ओनसरीले गरेको बताए ।