ट्रम्पको घरमा छापा : वारेन्ट सार्वजनिक, एफबिआईद्वारा वर्गिकृत कागजात जफत

अमेरिकाको संघीय अनुसन्धान ब्यूरो (एफबिआई) ले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित घरबाट ११ सेट वर्गिकृत सूचनासहितका फाइलहरु लगेको छ ।

न्याय मन्त्रालयको आग्रहमा सार्वजनिक भएको सर्च वारेन्ट अनुसार गएको सोमबार मार–ए–लागो स्थित ट्रम्पको घरमा भएको छापाको क्रममा गम्भीर तथा संवेदनशील जानकारीसहितका कागजातहरु जफत गरिएको हो ।

राष्ट्रिय सुरक्षासँग सम्बन्धित जानकारी समेत रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छ । कम्तीमा एक कागजात ‘टिएस÷एससिआइ’ अर्थात गोप्य जानकारीसहितको कागजात रहेको द वासिङ्गटन पोस्टले उल्लेख गरेको छ ।

यस्तै ट्रमपले आफू राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट निस्कने क्रममा फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँसँग सम्बन्धी जानकारी समेत आफूसँगै लगेका थिए ।

ट्रम्पले आफूले कुनै पनि गलत काम नगरेको दाबी गर्दै आएका छन् र कागजातहरु वर्गिकृत नरहेको उनको भनाइ छ ।

अमेरिकी इतिहासमा पहिलोपटक कुनैपनि पूर्वराष्ट्रपतिको घरमा आपराधिक अनुसन्धान अन्तर्गत छापा भएको हो। ट्रम्प र रिपब्लिकन पार्टीका नेताहरुले छापालाई राजनीतिक रुपमा निर्देशित भनेका छन्।