विमला वलीको अर्को लाजमर्दो हर्कत बाहिरियो ,परपुरुषको चक्करले चुर्लुम्म डुबायो !

दुर्घटनामा श्रीमान गुमाएर श्रीमानकै ठाउँमा प्रदेश सभाको चुनाव लडेर सांसद हुँदै अहिले लुम्बीनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री रहेकी बिमला वलीको अर्को लाजमर्दो हर्कत बाहिरिएको छ ।

परपुरुषसँगको चक्करले उनको राजनितीक र सामाजिक जीवन ध्वस्त हुने अवस्था आएको छ । केही समय अघि एकराज नाम गरेका एक व्यक्तिसँग चुम्बन गरिरहेको आपत्तीजनका तस्बिर सार्वजनिक भएर विवादित भएकी उनी सो घटनाको एक बर्ष नबित्दै पुन विवादित बनेकी छिन् ।

माओवादी केन्द्रको तर्फबाट लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री बनेकी वलीले अर्काको श्रीमानलाई मेरो एकराज खोइ भन्दै घरमै पुगेर बबाल मच्चाएकी छिन् । दाङका एकराज बस्नेतको घरमा पुगी उनकी श्रीमती बच्चालाई समेत उनले हातपात गरेकि छिन् ।

लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले आफ्ना ‘प्रेमी’ एकराज बस्नेतकी श्रीमतीलाई हातपात गरेपछि अहिले प्रहरी नियन्त्रणमा छिन् । उनलाई राखिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरमा अहिले सुरक्षा कडा गरिएको छ र कसैलाई पनि छिर्न दिइएको छैन ।

एकराजकी पत्नी मीना भण्डारीका अनुसार विमलाले उनको घरमा आएर एकराजलाई आफ्नो श्रीमान दाबी गरेकी थिइन् । आफू र आफ्नी ६ वर्षकी छोरीलाई उनले हातपात गरेको मीनाको भनाइ छ । घटनाबारे उनले प्रहरीलाई यस्तो बयान दिएकी छन्:

‘बिहानै आएर गेटमा बेस्सरी हल्लाइ । को रहेछ भनेर गएँ । बाहिरबाट ‘ढोका खोल, ढोका खोल, भनेको सुनिनस्’ भन्दै चिच्याइरहेकी थिई । मैले ढोका खोलेँ । भित्र आउनासाथ ‘मेरो एकराज खोइ ?’ भन्दै पर्दाहरु तानेर छिनाइ । झुल पनि तानेर फाली । ‘मैले किन्देको लुगा’ भनेर सबै लुगा मिल्काइदिइई। अनि मलाई गालामा हानी । मेरो लुगा पनि च्यातचुत पारी । अर्को कोठामा गएर नानीलाई पनि हानिछे । नानी स्कुल जान ड्रेस लगाएर बसेकी थिई । अहिले रोइरहेकी छे । उसले एकराज मेरो पोइ हो भनिरहेकी थिई ।’

घटनापछि मीनाले आफ्नो जेठाजुलाई खबर गरेकी थिइन् । जेठाजुले प्रहरी बोलाएका थिए । ईप्रका तुल्सीपुरको प्रहरी आएर एकराजको कोठाबाट विमलालाई नियन्त्रणमा लिएको थियो । घटना हुँदा एकराज घरमा थिएनन् ।

एकराज र मीनाका एक छोरा र एक छोरी छन् । विमलाका पनि दुई छोरा छन् । विमलाका श्रीमानको केही समयअघि दुर्घटनामा निधन भएको थियो ।

गत वर्ष भदौमा विमलाले आफ्नो फेसबुक स्टोरीमा एकराजलाई चुम्बन गरेको फोटो हालेकी थिइन् । उक्त फोटोसहित नेपाल प्रेसले समाचार प्रकाशित गरेपछि उनले तस्वीर एडिट गरिएको र एकराज आफ्नो भाइ पर्ने दावी गरेकी थिइन् ।