मैले बनाएको एमाले पार्टी ओलीले कब्जा गरे: माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीले पार्टीलाई प्रालि जस्तो बनाएर कार्यकर्तालाई सिद्धान्तभन्दा केपी बा आइ लभ यु भन्न सिकाएकाले अहिलेको अवस्था सृजना भएको आरोप लगाएका छन् ।

केपीले पार्टी निर्माणमा योगदानभन्दा गुट र गु’ण्डा उत्पादन गरेर अराजकता सृजना गरेकाले पार्टीमा विद्रोह भएको नेपालले बताए । ‘कम्युनिष्ट पार्टीमा केपी बा आइ लभ यु चल्दैन । कामरेडहरूलाई लाल सलाम र पार्टीका सिद्धान्त सिकाउनुपर्छ,’ उनले भने, ‘पार्टी बनाउने म कब्जा गर्ने केपी ।’

नेकपा एकिकृत समाजवादी गुल्मीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अब एमाले पार्टी नभएकाले केपी पार्टीलाई आगामी तीन वटै निर्वाचनमा धुँलोमा पार्ने बताए । केपीका कारण ग्रहण लागेको सूर्य कालीगण्डकीमा बगाएर कलम चिन्हमार्फत देशको समृद्धि खोज्न कार्यकर्तालाई आग्रह गरे ।

पाँच दलीय गठबन्धन कायमै गरेर जानु पर्ने अडान राख्दै आएको बेला पार्टी भित्रबाटै गठबन्धन नगर्न दबाब बढीरहेको बेला सभापति देउवाले गठबन्धनका विपक्षीहरूलाई यस्तो प्रश्न गरेका हुन् ।

‘पार्टी सभापतिको हैसियत त पार्टीले जितोस, नेताहरू सबैले जितुन भन्ने नै रहन्छ, त्यसका लागि जे पनि लागि पर्ने हुन जान्छ,’ देउवाले भने, ‘निर्वाचनमा एमाले र माओवादी फेरि मिलेर चुनावमा गए भने के हुन्छ ? फेरि पार्टीलाई हराउने ?’ विगतमा कांग्रेस पार्टीले पराजय भोग्नु परेको उल्लेख गर्दै देउवाले पार्टी र पार्टीका नेतालाई जिताउनका लागि आफूले गठबन्धन गर्न खोजेको तर्क गरेका छन् ।