हिम कुमार थापा, सम्झना लामिछाने मगर र करिष्मा ढकालको ‘साली भेना’ सार्वजनिक (भिडियो सहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् ।

सोहि क्रममा दोहोरी सर्जक हिम कुमार थापाको सृर्जनामा रहेको नयाँ दोहोरी गित ‘साली भेना’ गितको अफिसियल म्युजिक भिडियो भखर्रै डिजिटल बजारमा रिलिज भएको छ ।

चर्चित लोक दोहोरी गायिका सम्झना लामिछाने मगर, लोकप्रिय गायिका सुमन थापा मगर, गायक शिव थापा मगर, गायक वेल राना मगरको आवाजमा रहेको गितमा गितकार एवम् सर्जक हिम कुमार थापा मगरको उत्कृष्ट लय शब्द सृर्जन रहेको छ । गितमा सालि भेनाको माया प्रेमको विषयवस्तुलाई निकै उत्कृष्ट शैलीमा दर्शाईएको छ ।

गायिका सम्झना लामिछाने मगरको निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा चर्चित कलाकार करिष्मा ढकाल, सम्झना लामिछाने मगर, आशिक, सुमन, शरद लगायत थुप्रै कलाकारहरुको डान्सिड फिचर एवम् अभिनय रहेको थियो | अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई दुर्गा पौडेलले छायांकन एवम् प्रकाश धमलाले सम्पादन रहेको छ, गितको म्युजिक भिडियो पनि अत्यन्तै उत्कृष्ट वनेको छ ।

उक्त गितको म्युजिक भिडियो Samjhana Lamichhane Magar को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ । गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक भिडियो :