लिग टु का लागि सन्दीपको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग टु अन्तर्गत युनाईटेड अरब इमिरेट्स युएई मा आयोजना हुने एकदिवसीय सिरिजका लागि राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ । क्यानले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो। युएई जानु अघि नेपाली टोलीले श्रीलंकाका एक साता बढी तयारी गर्नेछन् ।

श्रीलंकामा नेपाली टोलीले श्रीलंकाको फस्ट क्लास क्लबसँग ४ अभ्यास खेल खेल्ने छन् । नेपाली टोली मार्च ५ मा श्रीलंका जाने छन् । नेपाली टोली श्रीलंकाबाटै मार्च १४ मा युएई प्रस्थान गर्ने छन् । नेपालले सिरिजमा युएई र पपुवा न्यू गिनी पीएनजी विरुद्ध खेल्नेछ । सिरिजको पहिलो खेलमा नेपालले पीएनजीविरुद्ध खेल्नेछ ।नेपाल र पीएनजीबीचको खेल मार्च १६ मा शारजहा क्रिकेट मैदानमा हुनेछ ।

नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ । नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ ।नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ । लिग टु अन्तर्गत ७ टिम सहभागि रहेका छन् ।ओमानले २३ खेलबाट ३० अंक जोडेको तालिकाको शीर्ष स्थानमा रहेको छ ।यता १२ खेल खेलेको स्कटल्यान्ड १६ अंक, १६ खेल खेलेको अमेरिका १४, १० खेल खेलेको युएई १२ तथा ९ खेल खेलेको नामिविया १० दोस्रोदेखि पाँचौ स्थानसम्म रहेका छन् । नेपाल भने ८ खेलबाट ८ अंक जोड्दै छैठौं स्थानमा छ ।