भित्र भित्रै टुट्न थालेका छन् पल शाह

काठमाडौं । यतिबेला नेपाली कला क्षेत्र अभिनेता पल शाह प्रकरणले तरंगित छ । एक नाबालिग गायिकाले अभिनेता शाहविरुद्ध उजुरी दिएपछि पल केही दिनदेखि प्रहरी हिरासतमा छन् । प्रहरीले पललाई हिरासतमा राखेर अनुसन्धान जारी राख्दा यस विषयमा नेपाली सेलेब्रिटीहरु खुल्न थालेका छन् ।

सुरुको समय यस बिषयमा अधिकांश कलाकर्मी मौन थिए । तर पछिल्लो दिनमा भने सेलेब्रिटीहरु एकपछि अर्को गर्दै खुल्न थालेका हुन् । उनीहरुले यस बिषयमा गम्भीर हुन नारीको सम्मान गर्न र बालबालिकाहरुका अधिकारको रक्षा गर्नसमेत आह्वान गरिरहेका बेला पल भने पछिल्ला दिनमा भित्र भित्रै टुट्न थालेका छन् । एकातिर नाबालिग गायिका पनि विक्षिप्त पक्कै बनेकी छिन् ।

पललाई हिरासतमा भेटेर फर्किएका एक अभियन्ताले पल भित्र भित्रै टुट्दै गइरहेको संकेत गरेका छन् । पलले उनीसँग आँफु कमजोर बन्दै गएको र भोलीका दिनमा जे पनि हुनसक्ने संकेत गरेका छन् ।

उनीसँगको कुराकानीका क्रममा पलले आफु दोषी नभएको र निर्दोष हुँदा हुँदै पनि दोषीलाई नै जसरी हेर्न थालिएका कारण आफ्नो धैर्यताको बाँधले अब धेरै अप्न नसक्ने कुरा उल्लेख गरेको समेत बताएका छन् ।