एनआरएनए स्कटलैण्ड बाट सचिव पदमा युवा पुस्ता मनिष खत्रीको दावेदारी।।। ।।।

भिडियो सहित एनआरएनए स्कटलैण्ड सचिव प्रत्याशी मनिष खत्री:

https://m.facebook.com/story.php?story_fbid=10159913687403311&id=559063310

गैर-आवासीय नेपाली संघ (एनआरएनए) स्कटलैण्ड राज्य समन्वय परिषदका पुर्व उपाध्यक्ष, नेपाल स्कटलैण्ड एसोसिएस/हिमालयन सेन्टर फ्अर आर्टस् एण्ड कल्चर का सचिव, एनएसए अनलाइन नेपाली कक्षाका सन्चालक तथा नेपीएर युनिभर्सिटी बिधार्थी संघका पुर्व अध्यक्ष मनिष खत्रीले एनआरएनए स्कटलैण्ड २०२१ -२३ को कार्यकालको लागि सचिव पदमा दावेदार रहेको छ।

खत्रीले गैरआवासीय नेपालीहरुको प्रमुख मुद्धा नेपाली नागरिकता निरन्तरताको कार्यान्वयन, युवा तथा दोस्रो पुस्तालाई एनआरएनमा सहभागी गराउन, महिला मुद्धाहरु सशक्त उठाउन, महिला सहभागिता बढाउन, गोर्खाहरुको मागलाई सशक्त ढंगले उठाउन, विदेशीमाझ नेपालको पर्यटन प्रवर्द्धन गर्न, विदेशमा रहेका नेपालीबाट नेपालमा लगानी भित्र्याउन, संघलाई साझा तथा पारदर्शी बनाउन, एनआरएनमा सदस्य संख्यामा बृद्धि गर्न, प्रवासमा नेपाली भाषा, संस्कृति र भेषभूषाको संरक्षण गर्न, स्मार्ट एनआरएनए निर्माणमा सहयोग गर्न आफू कटिवद्ध भएर लाग्ने प्रतिवद्धता गरेका छन्।

हिजो जसरि एउटा युवाको आवाजलाई साथ दिएर काम गर्ने मौका दिनु भयॊ, भोलिका दिनमा पनि हजुरहरूको साथ, समर्थन र अमूल्य मत दिई स्कटलैण्ड बाट मनिष खत्री लाई सचिव पदमा बिजयको सफलता को लागी हार्दिक शुभकामना व्यक्त गर्दछ।

कुनै प्रतिक्रिया या प्रश्न भएमा कृपया सम्पर्क गर्नु होला !
धन्यवाद!
मनिष खत्री
एनआरएनए स्कटलैण्ड, सचिब उम्मेदवार
07479383866
manishkhatri@hotmail.co.uk