विन्ध्यवासिनी म्युजिक अवार्डको ११ औ संस्करण चैत्र २१ गते हुने घोषणा

नेपाली गीत संगीतको बिकास बिस्तारको लागि बिगत लामो समय देखि अग्रज र समकालीन कलाकारलाई स्थान दिदै आएको एक प्रतिष्ठित म्युजिक कम्पनि विन्ध्यवासिनी म्युजिक प्रालि र विन्ध्यवासिनी फाउन्डेसनले आयोजना गर्ने विध्यवासिनी म्युजिक अवार्डको ११ औ शंस्करण यही चैत्र महिनामा हुने भएको छ।मुक्तिनाथ बिकाश बैंकको प्रस्तुतिमा रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ सम्पन्न हुन लागेको हो।मुक्तिनाथ कृषि कम्पनीको सहकार्यमा लालीगुराँस डेरी प्रसोधन उधोग र सारदा ग्रुप अफ कम्पनिको मुख्य प्रायोजनमा हुने अवार्डमा बिभिन्न कलाकारहरु सम्मानित हुने भएका छन।

फाउन्डेसनका आजीवन सदस्य,सल्लाहकार देखि सम्मानित कलाकारहरुको इन्द्रेणी फुड ल्याण्डमा भएको भेलामा ११ औ अवार्डको घोषणा गरिएको हो। विन्ध्यवासिनी म्युजिक प्रालिको कार्यालय अनामनगरमा अवार्डको फारम निशुल्क भर्न सकिने समेत संस्थाका संचालक सुबास रेग्मीले जानकारी दिएका हुन्।

गत बर्ष झैँ यो बर्ष पनि फाउन्डेसनले बिभिन्न कलाकर्मीहरुलाई सम्मान गर्ने भएको छ। बिन्ध्यबासिनी म्युजिक लाइफ टाइम अचिभ्मेन्ट अवार्ड १ लाख रुपया धनराशी सहित अग्रज गायक योगेश बैद्यलाइ दिने घोषणा भएको छ भने संगीत साधना सम्मान बरिष्ठ गायिका कुन्ती मोक्तानलाइ ५० हजार धनराशी सहित सम्मान गरिने भएको छ साथै संगीत रत्न सम्मान लोक गायिका मण्डवि त्रिपाठी रु २५ हजार धनराशी र गीत संगीत पत्रकारिता सम्मान अन्नपुर्ण पोष्टका अनन्त वाग्ले २५ हजार धनराशी सहित सम्मान गरिने भएको छ।अवार्ड चैत्र २१ गते होटल एकेनितीमा हुने फाउन्डेसनकि अध्यक्ष लिना शर्मा रेग्मीले जानकारी दिनु भयो।