“जुलुस तथा भाषण प्रदुषण” ले मनोबैज्ञानिक तथा शारीरिक नराम्रो असर गर्छ । सजग बनौ ।

“जुलुस तथा भाषण प्रदुषण” ले मनोबैज्ञानिक तथा शारीरिक नराम्रो असर गर्छ । सजग बनौ ।
(Boycott and stop “negativity Rally and hate speech”)

१. वातावरण विज्ञानमा विभिन्न सात थरीका प्रदुषणहरु हुन्छन् । वायु प्रदुषण, फोहर मैला प्रदुषण, आदि इत्यादि गर्दै ध्वनि प्रदुषण पनि हो । (Air, water, land, radioactive, thermal, light, and sound pollution)

२. नेपालमा कमिसनको लागि नेताले उद्योग बेचेर लगभग धेरै प्रकारका प्रदुषणहरु स्वतः नियन्त्रण मा रहेका छन् । नेताको उदेश्य गलत रहेपनि, वातावरणीय हिसाबले सकारात्मक भनेर दावी गरौं एकछिनको लागि !

३. तर अर्को झन् खतरनाक “जुलुस तथा भाषण प्रदुषण” पनि सुरु भएको छ । अझ “हेट स्पीच” समेत धेरै अघि वर्ष देखि नियोजित रूपमा सुरु गरिएको छ । त्यो प्रकारको “हेट स्पीचलाई बहिष्कार गर्नु पर्छ” भनेर आवाज उठाएको पनि हो।

४. यो प्रकारको “नकारात्मक प्रकृतिको जुलुस तथा हेट स्पीच” ले, आम मानिसहरूमा एकैपटक मनोवैज्ञानिक र शारीरिक दुवै असर गर्ने देखिन्छ । एउटा हेट स्पीच सुनियो भने पनि, मानसिक रूपमा वर्षौ वर्ष सम्म असर रहने गर्छ । सचेत रहौं ।

५. बच्ने उपायहरु: जसलाई नियंत्रण गर्नको लागि भ्रष्ट मान्छेहरूलाई जेल हाल्नु पर्छ । सुशासन, विकास निर्माण निरन्तर रुपमा अगाडि बढ्दै जानु पर्ने हुन्छ । जुन कुरा नेपालमा अबको दशकौ वर्ष सम्म पुरै असम्भव छ ।

६. त्यसैले, त्यो प्रकारको कुनै पनि र कसैको पनि भाषण तथा र्यालीमा सहभागी हुनु आफ्नो र सिंगो समाजको लागि नराम्रो गर्नु हो । बहिष्कार नै उत्तम अस्त्र हो, नेपाली जनताको लागि ।

७. अन्यथा यसले समाजमा सामूहिक हिंसालाई बढावा दिन्छ, तथ्य र इतिहासले यही देखाउँछ । मुख्य चुरो कुरा यही हो ।
अस्तु ।

Ambarish Pokhrel.
02-13-2021
photo credit : rabilal paudel