विहे वर्षगाठ सम्बन्धी गीत ‘आज हाम्रो विहे वर्षगाठ…’ सार्वजनिक

विहे वर्षगाठ सम्बन्धी गीत ‘आज हाम्रो विहे वर्षगाठ…’ सार्वजनिक भएको छ । ध्रुव विश्को र पार्वती बुढाथोकीको स्वर, पार्वतीकै शब्द र सङ्गीत र आदेशको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

नारायण रिजालको निर्देशन, रेनुका रिजालको कोरियोग्राफी, सुरज लामिछानेको निर्देशन कन्सेप्ट रहेको गीतको भिडियोमा रोशन बुढाथोकी र प्रतिज्ञा भण्डारी मुख्य कलाकारमा रहेका छन् भने पार्वती र पृयाराम बुढाथोकी साथमा बालकलाकार आस्तिक रिजाल र सिंचन केसीको अभिनय छ ।

सम्भवत पहिलो विहे वर्षगाठको यो भिडियो निर्देशन गरिएको निर्देशक नारायण रिजालले बताए । भिडियो काठमाडौंको दैलो इभेन्टमा छायाँकन गरिएको छ । रिजालको निर्देशनमा रहेका धेरै गीतका भिडियो लोकप्रिय रहेका छन् । यो गीतमा पनि आफ्नो टिमले राम्रो भिडियो स्रोता÷दर्शकमाझ ल्याउने प्रयास गरेको उनले बताए । यस्तै मोडल रोशन बुढाथोकीले पनि उत्कृष्ट गीतको भिडियो पस्किने कोशिस गरेको बताए ।

बुढाथोकीले मोडलिङ तथा अभिनय गरेका थुप्रै गीतका भिडियो लोकप्रिय छन् । दृश्य निर्माण शिवकैलास कला मन्दिरको रहेको भिडियोमा राहुल राईको छायाँकन, शृङ्गार नरेश खरेल, आर्ट डाइरेक्टर कृष्ण नेपालीको छ । गीतको भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ ।