‘दहिचिऊरे मया’ भाईरल सचिन परियार र समिक्षा अधिकारीको पहिलो गित सार्वजनिक (भिडियो)

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा सर्जक तथा गायक गणेश अधिकारीको आवाज रहेको नयाँ गीत दहि चिउरे माया भर्खर मात्र सार्वजनिक भएको छ ।

अधिकारीकै लय तथा शब्द सिर्जना रहेको सो गीतमा गणेशलाई आवाजमा समिक्षा अधिकारीले साथ दिएकी छन । माया प्रेमलाई विषय बनाइ तयार पारिएको सो गीतमा स्मृति तिमिल्सीनाले निर्देशन गरेकी छन ।

गीतमा बाल कलाकार सचिन परियार,अञ्जली अधिकारी,अर्जुक कुँवर,लोमस शर्माको अभिनय रहेको छ । गीतलाई योग्सना डिजिटलले बजार ब्यवस्थापन गरेको छ ।

गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :