कोरोनाले गाउँमै पशुपती शर्मा – यसरी जिउनु पर्छ गाउले जीवन (मार्मिक भिडियो)

नेपाली लोक दोहोरी क्षेत्रका प्रख्यात गायक पशुपति शर्माले पहिलोपटक भाबुक हुदै मिडियामा आफ्नै गाउ घर को जीवन बिताई रहेका छन् । अहिले बिशेष गरेर कोरोना र लक् डाउन पारेको असर गर्दा पनि होला शर्मा भन्नु हुन्छ ”जिन्दगी यसरी जिउन सिख्नु पर्छ, म ठुलो कलाकार हो प्रख्यात हो भन्दा पनि सामन्य गाउले जीवन मा बढी मजा छ ” ।

बिगतको पिडा र अहिले सम्म कलाकारको दुखेसो लाइ उनले आफ्नो आवाजबाट प्रस्तुत गरेका छन । नया गीत आए संगै पशुपति शर्माले आफ्नो बिगत जस्तो थियो त्यस्तै आज पनि रहेको खुलाएका छन।

करोडौ ऋण गरेर घर बनाउने र देखाउने प्रचलन मात्रै कलाकारको भएको तर कलाकारको गोजी छाम्ने हो भने सुक्को न भेटिने समेत उनले खुलाएका छन।आफुले गरेको गीतबाट म्युजिक कम्पनि करोडपति भएको तर आफुलाई अहिले पनि घर भाडा कसरी तिर्ने भन्ने पिडा रहेको समेत शर्माले खुलाएका हुन्।हेरौ पशुपति शर्मा ले गाउले जीवन भिडियो :