कुलमानको समर्थन गर्दा यी युवा नरनाथ गौतम र प्रहरीबीच चर्काचर्की, झन्डै हानाहान भयो, ठुलै लफडा पर्यो

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति नदिएपछि चौतर्फी विरोध भइरहेको छ । कुलमानको पक्षमा र्‍याली निकालिएका छन् । बालाजु, जोरपाटी, माइतीघरसहित काठमाडौं उपत्यकामा विभिन्न स्थानमा कुलमानलाई पुनर्नियुक्ति दिनुपर्ने माग गर्दै प्रदर्शन भइरहेका छन् । प्राधिकरणबाट मंगलबार औपचारिक रुपमा बिदा भएका कुलमानको पक्षमा माइतीघरमा प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले पानी फोहोरा प्रहार गरेको छ ।

पानीको फोहोरा प्रहार गरेपछि कुलमानका घिसिङको पक्षमा विभिन्न ठाउँमा प्रदर्शन भएको छ। पानीको फोहोरा प्रहारपछि प्रदर्शनमा सहभागीहरु तितरवितर भए । घिसिङ बुधबार प्राधिकरणबाट बिदाइ भएका थिए। नेपालमा लोडसेडिङ घिसिङकै नेतृत्वमा हटाइएको भन्दै उनलाई नै प्राधिकरणमा निरन्तरता दिन समर्थकहरूको माग छ।
हेर्नुस समर्थकले यस्तोसम्म गरे |