कुलमानको समर्थन गर्दै रमेश प्रसाईको उग्र आक्रोश, १४ पटक मन्त्री हुन मिल्ने कुलमान किन नहुने भन्दै जंगिए

काठमाडौँ | सरकारले गत भदौ २९ मा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा ११ तहका कुलमान घिसिङलाई नियुक्त गरेको थियो । लोडसेडिङ अन्त्य र दिगो विद्युत विकासलाई गति दिने लक्ष्यले सरकारले उनलाई नियुक्त गरेको थियो । रामेछापको बेथानमा २०२७ मंसिर १० मा जन्मिएका घिसिङ विगत २० वर्षदेखि विद्युत प्राधिकरणमा कार्यरत छन्। पाँच कक्षासम्म बेथानमै पढेका उनले ६ कक्षापछि काठमाडौं आएर बानेश्वरको अमर आदर्श बोडिङ स्कुलमा पढेको हुन्। उनले सोही स्कुलबाट २०४३ सालमा एलएलसी पास गरेका थिए।

लैनचौरस्थित अमृत साइन्स क्याम्पसबाट आइएसी गरेका उनले त्यसपछि छात्रवृतिमा भारतबाट इलेक्ट्रिकल इन्जिनियरिङमा विएस्सी गरेका छन्। पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट ‘पावर सिस्टम इन्जिनियरिङ’ मा स्नातकोत्तर सकेपछि उनले सिनामंगलको एस इन्स्टिच्युटबाट व्यापार प्रशासनमा पनि स्नातकोत्तर गरेका थिए।

हेर्नुस