हेर्नुहोस् साउदीबाट नेपाल जान ५९० देखी ७७० अमेरिकी डलर सम्म हवाई भाडा ! दूतावासले जारी गर्यो यस्तो सूचना

काठमाण्डौ । सरकारले विदेशमा कोरानोनाको कारण समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि उडान तालिका र भाडादर तय गरेको छ । पहिलो चरणको प्राथमिकतामा परेका ३० देशका २४ हजार १४८ नेपालीको स्वदेश फिर्तीका लागि संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका तयार पारेर कोभिड १९ व्यवस्थापन केन्द्र सिसीएमसीलाई बुझाएको छ । मन्त्रालयले सीसीएमसीलाई उपलब्ध गराएको तालिका अनुसार जेठ ३२ गतेदेखि असार ११ गतेसम्म पहिलो चरणको उडान तालिका बनेको छ ।

साउदीमा समस्यामा परेका नेपालीलाई ल्याउन असार १ गते, ४ गते, ५ गते र १० गते उडान हुनेछ । साउदीको दमामबाट आउने नेपालीले ५९० अमेरिकी डरल, रियादबाट आउनेले ६३० अमेरिकी डलर र जेद्दाबाट आउनेले ७७० अमेरिकी डलर भाडा तिर्न पर्नेछ । स्वदेश फर्कने नेपालीको साथमा कोरोना जाँच नेगेटिभ आएको रिपोर्ट अनिवार्य हुनपर्ने नियम छ ।

यता साउदीस्थित नेपाली दूतावासले नेपाल फर्कन चार्टर्ड उडान संचालन हुने बारे आज एक सूचना जारी गरेको छ, यस्तो छ सूचना कोरना भाइरस (COVID-19) महामारीका कारण अन्तराष्ट्रिय हवाई उडानहरु स्थगन भएको हुनाले साउदी अरबबाट स्वदेश फर्कनका लागि पर्खिरहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई नेपाल फर्कन चार्टर्ड उडान संचालन हुने बारे राजदूतावासको अत्यन्त जरुरी सूचना ।