अन्तत ज्ञानेन्द्र शाहीको रिहाइ भयो, अदालतबाटै दिए कडा चेताबनी, कसैलाई नछोड्ने भन्दै जंगिए

काठमाडौँ | सर्वोच्च अदालतले ललितपुरमा पक्राउ परेका ज्ञानेन्द्र शाहीलाई रिहा गर्न आदेश दिएको छ ।सर्वोच्चको आदेशपछि महानगरीय प्रहरी परिसर ललितपुरले शाहीलाई रिहा गरेको छ । शाहीलाई रिहा गन माग गर्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै मंगलबार न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको इजलासले रिहा गर्न आदेश दिएको हो ।शाहीलाई थुनामै राखेर नै मुद्धा अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको सर्वोच्चले बताएको छ ।

उनी लकडाउन उल्लंघनको आरोपमा वैशाख ९ गते पक्राउ परेका थिए । उनलाई अभद्र व्यवहारमा अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत ललितपुरबाट थुनामा राख्न अनुमति लिएको थियो ।

हेर्नुहोस