बरिष्ठ लोक गायक कुमार बस्नेत दशौँ बिन्ध्यवाशिनी म्युजिक अवार्डबाट लाइफटाइम अचिभमेन्ट अवार्डले सम्मानित

काठमाडौं – अग्रजलाई सम्मान अनुजलाई प्रोत्सहान भन्ने मूल नारा सहित रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड को दशौँ संस्करण राजधानी काठमाडौंमा सम्पन्न भएको छ । बिन्ध्यावासिनी फाउन्डेसन द्वारा आयोजित तथा मुक्तिनाथ बिकाश बैंकको प्रस्तुतिमा हिज अर्थात मंसीर १४ गते प्रज्ञा भवन स्थित कमलादीमा सम्पन्न उक्त कार्यक्रममा प्रतिष्ठित गायक कुमार बस्नेतलाई इन्द्रेणी लाइफटाइम अचिभमेन्ट अवार्ड द्वारा सम्मान गरिएको हो । एक लाख नगद राशिसहित बस्नेतलाई सम्मान गरिएको थियो । त्यस्तै कला पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशील रहेका पत्रकार राजेश खनाललाई नगद रु पच्चीस हजार सहित विन्ध्यवासिनी कला पत्रकारिता सम्मान प्रदान गरिएको थियो ।

यस्तै कार्यक्रमको सुरुवातमा बरिष्ठ गीतकार किरण खरेल, बरिष्ठ गायक प्रेमध्वज प्रधान, बरिष्ठ संगीतकार दिपक जंगम, बरिष्ठ गीतकार दिनेश अधिकारी, र बरिष्ठ संगीतकार शक्ति बल्लभ को सम्मानमा उहारुलेनै रचना गरेका , संगीत गरेका र गायिका गीतहरु उहाहरुको सम्मानको खातिर विभिन्न सर्वप्रिय गायक गायिकाहरु रामकृष्ण ढकाल , रामचन्द्र काफ्ले , सुमन कुमार श्रेष्ठ ,अजर जंगम ले प्रस्तुत गर्नुभएको थियो । उहारुलाई दोसल्ला ओडाएर सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा चर्चित गायक रुपक डोटेल अजर जंगम, मुन्ना गुरुङ र प्राश्ना शाक्यले कुमार बस्नेत को सम्मानमा गायक बस्नेतले गाउनुभएको गीत प्रस्तुत गरेका थिए।

गायक कुलेंद्र बिश्वकर्मा नजाउ है सानु पधेरिमा , सालको पात टपरी हुनी लगायत आफ्ना चर्चित गीतहरु गाएर दर्शक हरुलाई भरपुर मनोरंजन दिएका थिए त्यस्तै लोकप्रिय निर्देशक तथा मोडेल शिव बिक र उनको टिमले प्रस्तुत गरेको नृत्यले पनि सबैलाई मोहित पारेको थियो । भने काजिश श्रेष्ठ टिमको नृत्य पनि उत्तकै आकर्षक रहेको थियो । दार्जीलिंग कि चेली प्रतिभा चाम्लिङ्ग राइले पनि आफ्नो आकर्षक नृत्य द्वारा सबैको मन जितिरहेकी देखिन्थिन भने , दिदीबहिनी शर्मिला कोइराला र प्रसंसा कोइरालाको नृत्यले हलमा अझ धेरै रौनकता थपेको देखिन्थ्यो ।

बरिष्ठ संचारकर्मी रेडियो कान्तिपुरका स्टेसन म्यानेजर दिनेश डिसी र लोकप्रिय संचारकर्मी नरेश भट्टराइले संचालन गर्नुभएको उक्त कार्यक्रम नेपाली संगीत क्षेत्रका विभिन्न बिशिष्ट व्यक्तित्त्व , नया पुराना कलाकार हरु र संगीत प्रेमी अनि संगीतकर्मी मनहरुका बिचमा भब्य अनि सभ्य रुपमा सम्पन्न भएको थियो ।
अवार्डमा लोकप्रिय गीत सालको पातले चार विधमा अवार्ड चुम्न सफल भयो । सर्वोत्कृष्ट गीतकार नवराज पन्त, सर्वोत्कृष्ट गायक कुलेन्द्र वि.क., सर्वोत्कृष्ट भाका वसन्त थापा र सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक शिव विकले अवार्ड चुम्न सफल भएका थिए । रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड को दशौँ संस्करणमा ३४ विधामा सम्पन्न भएको थियो ।

दशौँ रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड २०७६ का विजेताहरुको नामावली यसप्रकार रहेको छ

सर्वोत्कृष्ट गीत
दिलिप योञ्जन तामाङ – गोधुलिमा

सर्वोत्कृष्ट गायन सुगम संगीत पुरुष
सुमन कुमार श्रेष्ठ –जिस्काउथे म

सर्वोत्कृष्ट गायन सुगम संगीत महिला
बानिका प्रधान – मनै लोभ्याउने

सर्वोत्कृष्ट संगीत सुगम संगीत
आशिष अविरल – सम्झनामा नआउ तिमी

सर्वोत्कृष्ट रचना सुगम संगीत
सुवाश संगम राई – जूनको आशु

सर्वोत्कृष्ट महिला गीतकार
पद्मा लिङ्खा मगर – कति लेखे आफ्नै गीत

सर्वोत्कृष्ट एल्बम सुगम संगीत एल्बम
आनन्दराज खनाल – तिम्रोे साथ

सर्वोत्कृष्ट एरेञ्जर संगीत संयोजन
कमल सौराग – कति लेखे आफ्नै गीत

सर्वोत्कृष्ट पप गायन पुरुष
सचिन रौनियार – ए मान्छे

सर्वोत्कृष्ट पप गायन महिला
छनु गुरुङ – के पो भनम्ला

सर्वोत्कृष्ट पप संगीत
राजेश थापा – किन किन मिठो

सर्वोत्कृष्ट युगल गायन
राज खम्बु र मेलिना राई – कर्कले पात

सर्वोत्कृष्ट लोकदोहोरी गायक
कुलेन्द्र विश्वकर्मा – सालको पात

सर्वोत्कृष्ट लोकदोहोरी गायिका
सुनिता दुलाल – मुखैमा चिनी

सर्वोत्कृष्ट लोकदोहोरी भाका
बसन्त थापा – सालको पात

सर्वोत्कृष्ट लोकदोहोरी रचना
नवराज पन्त – सालको पात

सर्वोत्कृष्ट लोकदोहोरी गीत
शिव हमाल – लालुमै

सर्वोत्कृष्ट मोडल भिडियोतर्फ आधुनिक
प्रेम ब. खड्का र सविना कार्की – तिम्रो आशु

सर्वोत्कृष्ट मोडल भिडियोतर्फ लाकेदोहोरी
विमल अधिकारी र सारिका के.सी. – ए तिम्रो माया

सर्वोत्कृष्ट पाश्र्व गायन पुरुष
रुपक डोटेल – बनकी चरी (प्रसाद)

सर्वोत्कृष्ट पाश्र्व गायन महिला
बिन्दु परियार – पहिलो नम्बरमा (छक्का पञ्जा३)

सर्वोत्कृष्ट संगीत चलचित्र
सुभाष भुषाल – बनकी चरी (प्रसाद)

सर्वोत्कृष्ट राष्ट्रिय भावनाले ओतप्रोत
ऋषि अधिकारी – नालापानी

सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक लोकदोहोरी
शिब विक – सालको पात

सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक आधुनिक
क्रान्ति केसी – राखी

सर्वोत्कृष्ट छायांकन
दुर्गा पौडेल – रित्तो काख

सर्वोत्कृष्ट भिडियो सम्पादन
नविन घर्ती मगर – पान खायो मायाले

सर्वोत्कृष्ट नवप्रतिभा आधुनिक, पप
बिक्रम बराल – गल्ती

सर्वोत्कृष्ट नवप्रतिभा लोकदोहोरी
सुस्मिता घर्ती मगर – छाता थिएन

सर्वोत्कृष्ट म्युजिक कम्पनी
प्रियसी म्यूजिक कम्पनी

अन्तराष्ट्रिय संगीत सम्मान
मनिस वशिष्ठ (अमेरिका)

पपुलर अवार्ड
शंकर विसी र अन्जली अधिकारी– पान खायो

पब्लिक च्वाइस अवार्ड
अनु शाहा / राजन आले – हे प्रिय

जुरि अवार्ड
राज सिग्देल ! बिधा:- गायक ! गीत:- भगवान कसम