कास्की माैजामा सडक नाला बनाउँदा ५ मजदुरकाे मृत्यु, सबैकाे परिचय खुल्याे

पोखरा । पोखरामा नाली खन्ने क्रममा ढिस्कोले पुरेर पाँच जनाको मृत्यु भएको छ । पोखरा महानगर–२० मौजा, बिसौनामा नाली खन्ने क्रममा आइतबार बिहान पौने ९ बजे माथिबाट झरेको ढिस्कोमा उनीहरु पुरिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीका अनुसार चार जनाको शव निकालिएको छ। पुरिएका अर्कोको निकालिँदैछ ।पुरिनेमा गणेश वली, खिमलाल वली, जितबहादुर बस्नेत, चोभान बस्नेत र जोगेन्द्र बुढाथोकी रहेका छन् । उनीहरु सबै सल्यान जिल्ला बागचौर ४ का हुन् । महानगरपालिकाको कनेक्टिभिटी रोड योजना अन्तर्गत काम भइरहेको थियो। सातजना कामदार रहेको भए पनि ढिस्को खस्न थालेपछि दुईजना भागेका थिए ।