चार्डपर्वको बेला आफ्नो भन्ने कोही छैन, श्रीमतिको मृत्यु भयो २ छोरीले छोडरे गए भक्कानिदै बृद्ध बुवा (भिडियो सहित)

 गुल्मी जिल्लाको सदरमुकाम तम्घास रेसुङ्गा नगरपालिा वडा नम्बर ८ मा एउटा सानो छाप्रो छ । त्यहाँको बस्ने ६३ बर्षिय बल बहादुर नेपालीको अवस्था कान्त बिजोग छैन । हामीले उनको केही उद्धार गर्न सकिन्छ की भनेर रिपोटिङ्गको क्रममा उनको त्यो सानो झुपडीमा पुग्यौ । उनको अवस्था त सोचेको भन्दा कयौँ गुणा बिजोग रहेछ । हामीलाई त सुरुमा कुराकानी पनि कहाँबाट सुरु गरौ जस्तै भयो । पछि कुराकानी गदै गयौ आफैमा अपाङ नेपालीले धेरै मुस्किलले जिन्दगी चलाएका रहेछन भनेर अन्दाज गर्न हामीलाई सोच्न समय लागेन । कुराकानीको बेला बेलामा बृद्ध बुवाको आँखाबाट खसेको आँशुले मन नै अमिलो बनायो । श्रीमतिको पनि ५ बर्ष अगाडी मृत्यु भयो, मेरो खुट्टा यस्तो भएको पनि ६ बर्ष भयो । दुई बहिनी छोरी थिए, त्यही पनि कता हराए हराए । हामीले फकिर्ने क्रममा धेरै नभए पनि केही थोरै सहयोग गरेर त्यहाँबाट बिदा भयौ । त्यहााँट निस्किदै गर्दा मनमा कुरा आयो भोली यी बुवालाई कतैबाट केही सहयोग मिलेन भने के गर्ने त भनेर सोच्यौ । फेरी नेपाली त्यही निर्दयी पनि छैनन । आज सम्म धेरै पिडितको सहयोग भएको स्मरण गदै हामी यो जिम्मा तपाईहरुलाई पनि सुम्पिदै छौ । कृपया दर्शक महानुभावहरु सक्नुहुन्छ भने यो भिडियो हेरेर केही सहयोग गर्नुहोस यदि सक्नुहुन्न भने सेयर त पक्कै गर्न सक्नुहुन्छ । सेयर गरी बुवाको सहयोगको लागी केही गरिदिनुहोला । अब हेरौ सोही भिडियो ।

Seen 20:36