साप्ताहिक राशिफल बि.सं. २०७६ भाद्र २२ देखि २८ गते सम्म – सन २०१९ सेप्टेम्बर ०८ देखि १४ सम्म)

ज्योतिष पण्डित– हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद – +९७७ ९८४२२१९७३५

सर्वप्रथम यो साता भित्र पर्ने मुख्य पर्व तथा दिनहरु : भाद्र २२ गते – निजामती सेवा दिवस, शिक्षा तथा साक्षरता दिवस रहेको छ। भाद्र २३ गते – हरिपरिवर्तीनी एकादशी रहेको छ। भाद्र २४ गते – वामन द्धादशी, दहिदान, ईन्द्रध्वजोत्थान रहेको छ । भाद्र २५ गते – प्रदोष व्रत, बच्चाको अन्नप्राशन पास्नीका लागि मुहूर्त जुरेको दिन छ। भाद्र २६ गते – अनन्त चतुदर्शी व्रत रहेको छ । भाद्र २७ गते – पूर्णीमा व्रत रहेको छ । भाद्र २८ गते – सोह्रश्राद्ध शुरु, प्रतिपदा श्राद्ध, ईन्द्रदह स्नान, भक्तपुर सिद्धपोखरी मेला, चेपाङ समुदायमा चोनाम पर्व, नेवारी समुदायमा यंयापुन्ही, ओंगया मंगया रहेको छ।

यो साता ग्रहगोचर को अवस्था : यो साता चन्द्रमा ले भाद्र २२ र २३ धनु राशि। २४ र २५ गते मकर राशि। २६, २७ र २८ गते साँझ सम्म कुम्भ राशि र त्यसपछि मिन राशिमा गोचर गर्नेछन। चन्द्रमाका साथै अन्य ग्रहहरुको गोचरलाई समेत आधार मानी यो अवस्थाले प्रत्येक राशिमा के असर पर्छ भनेर विष्लेषण गरि यो साप्ताहिक राशिफल तयार गरिएको छ ।

मेष राशि – मेष राशिका लागि यो साता चन्द्रमाकोे गोचर नवम, दशम, एकादश र द्धादश स्थानमा हुनेछ । मेष राशिका लागि यो साता उत्तम रहनेछ । भाग्य स्थानमा चन्द्रमाको गोचर रहने हुनाले तपाईको परिश्रम अनुसार नै भाग्यले साथ दिनेछ । सामाजिक एवं आध्यात्मिक कार्यमा मन जानेछ । नोकरी गर्ने हरुका लागि उपयुक्त समय रहनेछ । उच्च ओहदाका व्यक्तित्व हरुको मन जित्न सक्नुहुनेछ । कार्यस्थलमा सहकर्मी साथी बाट साथ र सहयोग प्राप्त हुनेछ । आध्यात्मिक एवं सामाजिक क्षेत्र बाट सम्मान प्राप्त हुने योग छ । आर्थीक कारोबार सकारात्मक रहनेछ । व्यापार व्यावसाय बाट राम्रो फाईदा हुनेछ। विद्यार्थीको पढाईमा मन जानेछ । परिवारमा मेलमिलाप रहनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । तपाईका लागि तुलनात्मक रुपमा शनिबार साँझ कमजोर दिन रहेको छ । यो साता तपाईका लागि शुभ अंक ९ र शुभ रंग रातो रहनेछ।

वृष राशि – वृष राशिका लागि यो साता चन्द्रमाको गाचर अष्टम, नवम, दशम र एकादश भावमा हुनेछ । साताको शुरुमा आईतबार र सोमबार रोग र शत्रु सँग लड्नु पर्ने देखिन्छ । घरायसी समस्याले पिरोल्न सक्छ। अप्ठ्यारा दिनहरु भएपनि तपाईको मिहिनेत ले सफलता दिलाउन सक्छ । बिरोधिहरुले तपाईको काम मा बाधा पार्न सक्नेछन । सजग एवं संयम रहनु उत्तम हुनेछ । मंगलबार देखि दिन हरु शुभ हुनेछन । सन्तानबाट सुख प्राप्त हुनेछ । यो साता आम्दानी बढ्नेछ । व्यापार व्यावसाय बाट उचित लाभ हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । नोकरी गर्ने हरुका लागि यो साता नयाँ विशिष्ट व्यक्तिहरु सँग भेटघाट हुने अवसर जुट्नेछ । प्रेम सम्बन्ध पनि यो साता सुमधुर रहने छ । विद्यार्थीको पढाईमा महत्वपुर्ण सुधार हुने देखिन्छ । तपाईका लागि यो साता शुभ अंक ६ र शुभ रंग निलो रहनेछन ।

मिथुन राशि – मिथुन राशिका लागि यो साता चन्द्रमाको गोचर सप्तम, अष्टम, नवम र दशम भावमा हुनेछ । समग्रमा तपाईका लागि यो साता उत्तम रहनेछ । छोटा एवं रमाईला यात्राहरु हुनेछन । ब्यापार व्यावसायमा सफलता मिल्नेछ । साझेदारीका कार्य बाट लाभ हुनेछ । धन आर्जन हुनेछ । स्वास्थ्य अवस्था सबल रहनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । आफ्नो जिवन साथि सँगको घनिष्ठता थप मजबुत हुनेछ। सामाजिक कार्यमा सरिक हुने रमाइलो भेटघाट कुराकानी हुने, मिष्ठान्न भोजन प्राप्ती हुने साता रहेको छ । यो साता प्रेम तथा पारिवारिक सम्बन्ध पनि सुमधुर रहनेछ । बिद्यार्थीका लागि पनि यो साता उत्तम रहेको छ । पढ्न मन लाग्ने र पढेको कुरा याद हुने समय रहनेछ । यो साता मंगलबार र बुधबार भने तुलनात्मक रुपमा कमजोर दिन रहेका छन । चिन्ता बढ्ने एवं विरोधि हरु सँग जुध्नु पर्ने देखिन्छ । यि दिनमा कुनैपनि महत्वपुर्ण कार्यको शुरुवात नगर्नु उत्तम हुनेछ । यो साता तपाईका लागि शुभ अंक ५ र शुभ रंग हरियो रहनेछन।

कर्कट राशि – कर्कट राशिका लागि यो साता चन्द्रमाको गोचर षष्टम, सप्तम, अष्टम र नवम भावमा हुनेछ । समग्रमा तपाईका लागि यो साता सबल रहनेछ । तपाई प्रतिस्पर्धामा खरो उत्रनु हुनेछ । बिरोधिहरु परास्त हुनेछन। तपाईले गर्ने कुनैपनि कार्यमा अरुलाई जित्न सक्ने क्षमता हुनेछ । निरन्तर उत्साहका साथ कार्य सम्पन्न हुनेछ । यो साता रोग र शत्रु बाट मुत्ती मिल्नेछ । साझेदारीका कार्यबाट समेत उचित मुनाफा आर्जन हुनेछ । मंगलबार र बुधबार रमाईलो एवं सुख सुबिधाका लागि बढि समय र धन खर्च हुन सक्नेछ । सामाजिक कार्यमा सरिक भइनेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । बिद्यार्थीले सोचे अनुरुप नै प्रगति गर्ने योग छ । नोकरी गर्नेहरुका लागि कार्य स्थलमा सहयोगी बातावरण प्राप्त हुनेछ । प्रेम तथा पारिवारिक जिवन सकारात्मक रहनेछ। तपाईको हरेक पलमा जिवन साथीको दरिलो साथ र सहयोग रहनेछ । यो साता तुलनात्मक रुपमा विहिबार र शुक्रबार कमजोर दिनहरु रहेका छन । तपाईका लागि शुभ अंक ६ र शुभ रंग गुलाबी हुनेछ ।

सिंह राशि – सिंह राशिका लागि यो साता चन्द्रमाको गोचर पञ्चम, षष्ठम, सप्तम र अष्टम भावमा हुनेछ । समग्रमा सिंह राशिका लागि यो साता शुभ रहेको छ । बौद्धिक क्रियाकलापमा तपाईको व्यस्तता बढ्नेछ । नयाँ खोज एवं सिर्जनामा तपाईलाई सफलता मिल्नेछ । सन्तान बाट सुख प्राप्त हुनेछ । उनिहरुको बारेमा शुभ समाचार सुन्न पाईनेछ । छोटा एवं रमाईला यात्राहरु हुनेछन । ब्यापार व्यावसायमा सफलता मिल्नेछ । धन आर्जन हुनेछ । स्वास्थ्य अवस्था सबल रहनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । प्रेम को बन्धन यो साता थप कसिलो बन्नेछ । साझेदारीमा कुनै नयाँ कार्य को शुरुवात हुन सक्नेछ । विद्यार्थी वर्गका लागि पनि यो साता उत्तम रहेको छ । तपाईका प्रतिस्पर्धिहरु पछि पर्नेछन । मंगलबार र बुधबार तुलनात्मक रुपमा कमजोर दिन रहेका छन । यि दिनमा कुनैपनि महत्वपुर्ण कार्यको शुरुवात नगर्नु उत्तम हुनेछ । तपाईका लागि यो साता शुभ अंक १ र शुभ रंग रातो र गुलावी हुन ।

कन्या राशि – कन्या राशिका लागि यो साता चन्द्रमाको गोचर चतुर्थ, पञ्चम, षष्टम र सप्तम भावमा हुनेछ । चतुर्थ भाव मा चन्द्रमाको गोचर बाट साताको शुरुवात हुनेछ जसबाट आईतबार र सोमबार भने पारिवारिक समस्या एवं विभिन्न झमेला हरुको सामना गर्नु पर्ने हुन सक्छ । कुनै पनि काममा विशेष गोपनियता अपनाउनु होला अन्यथा तपाईको कमजोरीको अन्य ले फाईदा उठाउन सक्नेछन । मंगलबार देखि दिन हरु शुभ हुनेछन। बौद्धिक एवं सिर्जनात्मक कार्यमा तपाईको सक्रियता बढ्नेछ । समाजमा ईज्जत र प्रतिष्ठा बढ्नेछ । यो साता आर्थीक अवस्था मिश्रित रहने देखिन्छ । मंगलबार देखि व्यापार व्यावसायमा लगानी अनुसार प्रतिफल प्राप्त हुनेछ । प्रेम तथा पारिवारिक जिवन सकारात्मक रहनेछ । अप्ठ्यारो परिस्थितिमा साथी बाट साथ र सहयोग प्राप्त हुनेछ । विद्यार्थीको पढाईमा विभिन्न कारण बस वाधाहरु आउन सक्नेछन । सचेत हुनु आवश्यक छ। साताको अन्त्य तिर रमाईलो यात्रा एवं भोग विलासमा बढि धन खर्च हुन सक्नेछ । यो साता तपाईका लागि शुभ अंक ५ र शुभ रंग सुन्तला हुन।

तुला राशि– तुला राशिका लागि यो साता चन्द्रमाको गोचर तृतीय, चतुर्थ, पञ्चम र षष्ठम भावमा हुनेछ । तुला राशिका लागि यो साता मिश्रित रहनेछ। साताको शुरुवातमा तृतिय भावमा चन्द्रमाको गोचर रहने हुनाले तपाईको कुनैपनि कार्यमा आँट, साहस तथा पराक्रम बढ्नेछ । कार्य सफल बन्नेछ । साथीभाई सँगको घनिष्ठता थप मजबुत हुनेछ । कार्य स्थलमा जिम्मेवारी थप हुनेछ । उच्च पदस्थ व्यक्ति बाट प्रशंसा एवं पुरस्कार प्राप्त हुनेछ । व्यापार व्यावसायमा विभिन्न उतारचढावहरु देखिन सक्नेछन तर यो साता समग्रमा फाईदा जनक नै देखिन्छ । खर्चको मात्रा बढ्न सक्नेछ। प्रेम तथा पारिवारिक जिवन सकारात्मक रहनेछ । आफ्ना बालबच्चा एवं परिवार सँग रमाईलो यात्रामा जानु उत्तम हुनेछ । मंगलबार र बुधबार आफ्ना आफन्त बाट धोका हुन सक्नेछ । अनावश्यक खर्च बढ्ने र चिन्ता बढ्न सक्ने देखिन्छ । सचेत रहनुहोला। विद्यार्थीको पढाई मा उतारचढाव आउन सक्नेछ । यो साता तपाईका लागि शुभ अंक ६ र शुभ रंग हरियो रहनेछन ।

बृश्चिक राशि – बृश्चिक राशिका लागि यो साता चन्द्रमाको गोचर द्धितीय, तृतीय, चतुर्थ र पञ्चम भावमा हुनेछ । साताको शुरुमा मुखमा चन्द्रमाको प्रभाव रहने हुनाले तपाईको बोलीमा प्रभावकारीता बढ्नेछ । प्रशस्त धन आर्जन हुनेछ । आर्थीक अवस्था सबल रहनेछ । व्यापार व्यवासाय बाट उचित मुनाफा आर्जन हुनेछ । बौद्धिक व्यक्ति हरु सँग घनिष्ठता बढ्नेछ । सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठा बढ्नेछ । आफ्ना दाजुभाईको साथ र सहयोग प्राप्त हुनेछ । छोटा एवं रमाईला यात्राहरु ले गर्दा मन प्रफुल्ल रहनेछ । राजनितिक एवं सामाजिक क्षेत्रमा पनि तपाईको उचाई बढ्नेछ । परिवारमा मेलमिलाप र एकता कायम रहनेछ । आफ्नो जिवन साथि बाट उचित साथ र सहयोग प्राप्त हुनेछ । विद्यार्थीको पढाई देखि बाहेक का गतिबिधि मा बढि ध्यान जाने हुनाले पढाई कमजोर हुन सक्नेछ । सचेत रहनुहोला । तपाईका लागि बिहिबार र शुक्रबार तुलनात्मक रुपमा कमजोर दिन रहेका छन ।यो साता तपाईका लागि शुभ अंक ९ र शुभ रंग रातो रहनेछन ।

धनु राशि – धनु राशिका लागि यो साता चन्द्रमको गोचर प्रथम, द्धितीय, तृतीय र चतुर्थ भावमा हुनेछ । तपाईका लागि यो साता सबल रहको छ । शिरमा चन्द्रमको प्रभावका कारण आत्मविश्वास उच्च रहनेछ । सामाजिक एवं आध्यात्मिक क्षेत्रबाट सम्मान मिल्नेछ । विपरित लिङ्गी साथीको महत्वपुर्ण साथ र सहयोग ले चुनौतिहरु सामना गर्न सजिलो हुनेछ । यो साता व्यापार व्यावसाय मा सकारात्मक अवस्था रहनेछ । नयाँ बस्त्र एवं नयाँ गरगहना जोड्ने योग देखिन्छ । साझेदारीका कार्य बाट फाईदा हुनेछ । परिवारमा मेलमिलाप र शान्ति कायम हुनेछ । प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ । आफ्नो जिवन साथि सँग सामान्य मनमुटाव हुन सक्ने देखिन्छ । विद्यार्थीको पढाई का लागि सकारात्मक समय रहनेछ । आफ्नो परिश्रम अनुसार नै सफलता मिल्नेछ । स्वास्थ्य अवस्था सकारात्मक रहनेछ । तपाईका लागि शुभ अंक ३, शुभ रंग पहेंलो रहनेछन ।

मकर राशि – मकर राशिका लागि यो साता चन्द्रमाको गोचर द्धादश, प्रथम, द्धितीय र तृतिय भावमा हुनेछ । साताको शुरुवातमा नै चन्द्रमा को गोचर व्यय स्थानमा हुनाले आर्थीक अवस्था नकारात्मक रहनेछ । नसोचेको क्षेत्रमा खर्च बढ्न सक्नेछ । कुनैपनि काम सम्पन्न गर्न बढि दौडधुप गर्नु पर्नेछ । झण्झट एवं विवादहरु आईलाग्न सक्नेछन । तर मंगलबार देखि शिरमा चन्द्रमाको गोचर रहने हुनाले भाग्यले साथ दिनेछ । व्यापार व्यापसाय बाट पनि उचित लाभ मिल्नेछ । विशेष गरि डिजायन डेकोरेशन तथा लत्ताकपडा सम्बन्धि व्यापार व्यावसायबाट बढि लाभ मिल्नेछ । कार्य स्थलमा तपाईको कार्यको प्रशंसा हुनेछ । सन्तान बाट सुख हुनेछ । त्यसैगरि धन बचत हुनेछ । बिद्यार्थीको पढाईका लागि उत्तम साता रहेको छ । प्रेम तथा पारिवारिक जिवन पनि सुखद रहनेछ । तपाईका लागि शुभ अंक २, शुभ रंग निलो हुनेछ ।

कुम्भ राशि – कुम्भ राशिका लागि यो साता चन्द्रमाको गोचर एकादश, द्धादश, प्रथम र द्धितीय भावमा हुनेछ । लाभ स्थानमा चन्द्रमाको गाचरका कारण सापटी रकम उठ्नेछ । ब्यापार व्यावसाय बाट उचित लाभ मिल्नेछ । फर्निचर, फेशन तथा डिजायन एवं डेकोरेशन सँग सम्बन्धित कारोबार बाट उचित लाभ मिल्नेछ । साथीभाई सँग रमाईला पल हरु व्यतित हुनेछन । नोकरीमा सफलता मिल्नेछ । सहकर्मी साथी बाट साथ र सहयोग प्राप्त हुनेछ । पारिवारिक जिवन सुखद रहने छ । प्रेम सम्बन्ध मिश्रित रहनेछ ।प्रेमी सँग कतिपय विषयमा विवाद भई शंका एवं अविश्वास कायम हुन सक्नेछ । आपसी समझदारी कायम गर्न इमान्दार प्रयास आवश्यक छ । विद्यार्थी लाई अध्ययन कार्यमा मन जानेछ । प्रतिस्पर्धिलाई राम्रो चुनौती दिन सक्नुहुनेछ । तपाईका लागि तुलनात्मक रुपमा मंगलबार र बुधबार कमजोर दिनहरु रहेका छन । सचेत रहनुहोला । तपाईका लागि शुभ अंक १ र शुभ रंग निलो हुनेछन ।

मिन राशि – मिन राशिका लागि यो साता चन्द्रमाको गोचर दशम, एकादश, द्धादश र प्रथम भावमा हुनेछ । मिन राशिका लागि यो साता शुभ रहेको छ । कर्म स्थानमा चन्द्रमाको गोचर बाट साताको शुरुवात हुनेछ । यसले नोकरी तथा व्यापार व्यावसायमा सफलता दिलाउनेछ । व्यापार व्यावसाय मा विस्तार हुनेछ । आम्दानीका क्षेत्रहरु बढ्दै जानेछन । नोकरी गर्ने हरुका लागि पनि सकारात्मक रहनेछ । नयाँ कुरा सिक्न पाईने हुनाले आफ्नो अनुभव एवं क्षमता बढ्नेछ । आफ्ना साथिभाई बाट महत्वपुर्ण साथ र सहयोग प्राप्त हुनेछ । प्रेम तथा पारिवारिक जिवन सुखद रहनेछ । आफ्नो प्रेमीको हरेक सुख दुखमा साथ र सहयोग प्राप्त हुनेछ । विद्यार्थीको पढाई कमजोर हुन सक्नेछ । पढाईमा राम्रो ध्यान दिनु आवश्यक छ । विहिबार र शुक्रबार भने तुलनात्मक रुपमा कमजोर दिनहरु रहेका छन । यो साता तपाईका लागि शुभ अंक ३ र शुभ रंग पहेलो र निलो रहनेछ।