आजको राशिफल वि.सं. २०७६ भदौ २२ गते आईतबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर ०८ तारिख

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) – ९८४२२१९७३५ दैनिक राशिफल

वि.सं. २०७६ भदौ २२ गते आईतबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर ०८ तारिख, भाद्र शुक्ल पक्ष दशमी तिथी। मूल नक्षत्र बिहान १० बजेर ४१ मिनेट सम्म त्यसपछि पूर्वषाढा, चन्द्रमा धनु राशिमा आयुश्मान योग, बालव करण। सुर्यादय बिहान ०५:४६ र सुर्यास्त साँझ ०६ :१६ मा हुनेछ। आज जन्म लिने वच्चाको राशि धनु हुन्छ। आजको चाडपर्र्व शिक्षा र साक्षरता दिवस र निजामती सेवा दिवस रहेको छ। भोलीको पर्व हरिपरिवर्तीनी एकादशी व्रत रहेको छ।

आजका लागि शुभ समय लाभ वेला बिहान ०८ :४३ देखि १० :११ मिनेट सम्म, अमृत वेला दिउँसो १० :१२ देखि ११ :४१ सम्म, शुभ वेला दिउँसो ०१:१३ देखि ०२ :४१ सम्म रहेका छन। आजका लाग अशुभ समय काल वेला बिहान ११ :४२ देखि ०१ : १२ सम्म र रोग वेला बिहान ०२: ४२ देखि ०४ :११ सम्म रहेका छन। आज घीउ खाएर र भोली दुध खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुनेछ। यो पञ्चाङ्ग नेपालको राष्ट्रिय समयमा आधारित गणना हो । ठाउँअनुसार तिथि, नक्षत्र र राशिमा पनि समय अन्तर हुनेछ । हजुर जुन देशमा भएपनि आफ्नो स्थानीय समय लाई आधार मानी हेर्नुहोला।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आज तपाईको भाग्य स्थानमा चन्द्रमाको गोचर हुनेछ। काम गर्दा सोचेभन्दा राम्रो परिणाम प्राप्त हुनसक्ने दिन छ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । सामाजिक र परोपकारी काममा मन जानेछ, आजको दिन धार्मिक र सामाजिक काममा सहभागी भइने छ वा मद्दत लिन चाहनेको सेवा गर्ने अनुकूलता मिल्नेछ । छात्रछात्राले बौद्धिक र प्राज्ञिक क्षेत्रमा उन्नति गर्ने समय छ। परीक्षार्थीले चिताएको परिणाम प्राप्त गर्ने शुभ दिन छ । आज व्यापार व्यावसाय बाट राम्रो फाईदा हुनेछ। आज तपाईका लागि शुभरङ्ग बैजनी वा पहेंलो, शुभअङ्क १, शुभदिशा पूर्व, आज कार्य सफलतका लागि ॐ नमो भगवते वासुदेवाय नमः मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –आज तपाईका लागि आठौं भावमा चन्द्रमाको गोचर हुनेछ। आज मानसिक चिन्ता बढ्ने देखिन्छ। मनमा निराशा का भावना मँडारिने छन् । काम बिग्रने भयले सताउनेछ। परिश्रम अनुसारको उपलब्धी नहुँदा खिन्नता बढ्नेछ । शारीरिक कमजोरीले पनि चिन्ता बढाउन सक्छ, आज कुनै पनि नयाँ काममा हात हाल्नु राम्रो हुँदैन । आज भरिसक्य बास बस्ने गरी बाहिर निस्कनु राम्रो हुँदैन, जानै परे सवारी हाँक्दा र बाटो काट्दा होस गर्नुपर्छ । नजिकका साथीभाइ वा सहयोगीले विश्वासघात गर्न सक्छन सचेत रहनु आवश्यक छ। आज तपाईका लागि शुभरङ्ग ध्वाँसे, शुभअङ्क ४, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ सङ्कटाभगवत्यै नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –आज तपाईका लागि मनोरञ्जन केन्द्रित दिन हुनेछ । आज सुरु गरेको व्यवसायबाट लाभ लिने समय छ, आम्दानी प्रशस्तै बढ्नेछ । काममा परिवारजनको साथले उत्साहित भइनेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । प्रेम वा मित्रताको बन्धन कसिनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । छात्रछात्राले सहकार्यका माध्यमबाट नयाँ ज्ञान सिक्ने मौका छ । विभिन्न भौतिक साधन जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पाइने योग छ। नयाँ मित्र बनाउन पाइने छ । आज तपाईका लागि शुभरङ्ग सुन्तले, शुभअङ्क ३, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ शुं शुक्राय नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –आज तपाईका लागि चन्द्रमाको गोचर छैंटौं भावमा हुनेछ। व्यापार व्यावसाय बाट राम्रो फाइदा हुनेछ। नयाँ काम प्रारम्भ हुनसक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त हुनेछ । अध्ययनमा छात्रछात्राले उन्नति गर्नेछन। आफ्नो क्षेत्र र विषयमा पकड कायम रहने छ । तपाईलाई पछाडि कुरा काट्नेले दुःख दिन सक्छन् । मनमा घरिघरि डर र चिन्ताले बास गर्न सक्छ। तर समग्रमा आजको दिन शुभ रहेको छ। आज तपाईका लागि शुभरङ्ग छिर्के्मिर्के बुट्टे, शुभअङ्क २, शुभदिशा दक्षिण, आज कार्य सफलतका लागि ॐ बुं बुधाय नमः मन्त्र ०८ पटक जप गर्नु शुभ हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – आज पञ्चम भावमा चन्द्रमाको बलियो उपस्थिति हुनेछ । सिर्जनात्मक एवं कलात्मक कार्यमा मन जानेछ। विद्यार्थीले रचनात्मक कार्यमा संलग्न हुँदा पुरस्कार समेत प्राप्त हुने समय छ । आफनो क्षेत्रमा अधिकार जमाउन सकिने छ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय आएको छ । व्यापार व्यावसायमा प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ । आफ्नो दिमाग खियाएर गरेको कामबाट धनलाभ हुनेछ । सन्ततिको प्रतिभाका माध्यमबाट प्रशंसा तथा प्रसिद्धि पाउने समय छ । अभिभावक र मान्यजनको विशेष सहयोग जुट्नेछ । आज चिताएको काम सजिलै सम्पन्न हुनेछ । आज तपाईका लागि शुभरङ्ग गाढा हरियो, शुभअङ्क ५, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ घृणि सूर्याय नमः मन्त्र ०७ पटक जप गर्नु शुभ हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –आज व्यापार व्यावसाय बाट लाभ मिल्नेछ । साथीको व्यवहारले मनमा शङ्का उब्जाउने अवस्था आउन सक्छ। आफु भन्दा मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । अपराह्नदेखि पहिलेका कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ । बिद्यार्थीको पढाइलेखाइमा प्रगति हुनेछ,। तर होस राख्नुपर्छ, हडबड गर्दा काम दोहोर्याउनु पर्ने स्थिति आउन सक्छ । प्रयत्न गर्दा विशेष काम गर्ने वातावरण तयार हुनेछ । आज तपाईका लागि शुभरङ्ग गाढा रातो, शुभअङ्क ८, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ सों सोमाय नम मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –आज रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइने योग छ । नयाँ कामको प्रस्ताव आउनेछ । सल्लाह दिने र अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । प्रशस्त धन आर्जन हुनेछ । विछोडिएका परिवारजन सँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ । कामका लागि गरिएको भ्रमण लाभदायक रहने छ । साथीभाइको सहयोगमा समस्या समाधानको वातावरण बन्नेछ । पठनपाठनमा प्रगति हुनेछ । परोपकारी र सामाजिक कामबाट सम्मान र प्रतिष्ठा आर्जन सकिने छ । आज तपाईका लागि शुभरङ्ग गाढा हरियो, शुभअङ्क ७, शुभदिशा पश्चिम आज कार्य सफलताका लागि श्रीमन्मङ्गलमूर्तये नमः मन्त्र ०८ पटक जप गर्नु शुभ हुनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –आज तपाईका लागि दिन रमाइलो हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । व्यापार व्यावसाय बाट राम्रो फाईदा हुनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ । नयाँ काम प्रारम्भ गर्न सकिने छ । विद्यार्थीले प्रतिस्पर्धीलाई पछि पार्ने दिन छ। सफलताले उत्साह बढ्नेछ । व्यापारीहरूले कृषिजन्य तथा कपडा सम्बन्धि कारोबारबाट धन कमाउने अवसर पाउने छन् । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ, सानो प्रयत्नले ठूलो काम बन्न सक्छ । सहयोगीहरूले काममा साथ दिनेछन् । आज तपाईका लागि शुभरङ्ग सेतो वा उज्यालो, शुभअङ्क ६, शुभदिशा दक्षिण, आज कार्यसफलतका लागि ॐ कुबेराय नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –आज तपाईको परिश्रम अनुसार सफलता प्राप्त हुने दिन छ। आफ्नै राशिमा चन्द्रमा रहेकाले हिम्मतले काम बनाउन सकिने दिन छ । रिस गर्नेहरूको मनोबल कमजोर हुनेछ । सानो प्रयत्नले ठूलो फाइदा हुनेछ । दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ । उपलब्धीले थप उत्साह जगाउनेछ । तार्किक क्षमताले लाभ र मानसम्मान दिलाउने छ । विद्यार्थीका लागि शुभ दिन छ। आज तपाईको मन रोमान्टिक बन्नसक्छ । आज तपाईका लागि शुभरङ्ग हलुका रातो, शुभअङ्क ५, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ गं गणपतये नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –आज तपाईको बाह्रौं भावमा चन्द्रमाको गोचर रहनेछ। लगनशीलता र इमानदारीताका साथमा काम गर्न सके उपलब्धी हाँसिल गर्न सकिने दिन छ । व्यापार व्यावसाय बाट राम्रो फाइदा गर्न धेरै परिश्रम गर्नु आवश्यक छ। कुरा काट्नेको सक्रियता बढ्नेछ भने शत्रु समेत सक्रिय हुनसक्छन। कतिपय काममा शुभचिन्तकहरूले साथ दिनेछन् । टाढाका साथीभाइको निम्तो प्राप्त हुनसक्छ । बिद्यार्थीका लागि आज पढाई कमजोर हुने दिन छ । सचेत रहनुहोला । आज तपाईका लागि शुभरङ्ग गाढा पहेंलो वा बुट्टे, शुभअङ्क ८, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ कें केतवे नमः मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –आजको दिन तपाईका लागि शुभ रहेको छ। व्यापार व्यावसाय बाट राम्रो मुनाफा भएर फड्को मार्न सकिने दिन छ । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । साझेदारी बाट विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइने समय छ। तपाईको कार्यको उचित मूल्याङ्कन हुनेछ । पिताको सहयोग बाट काममा विशेष फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू किन्ने योग छ । परिवार सँगको सम्बन्ध आत्मीय बन्नेछ । आज तपाईका लागि शुभरङ्ग सेतो वा सुन्तले, शुभअङ्क ७, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ नमः शिवाय मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –आज तपाईका लागि मिश्रित दिन रहेको छ। कडा परिश्रम पछिमात्र सफलता मिल्ने दिन छ। आज सुख सुबिधा र मनोरञ्जनका लागि धन र श्रमको लगानी गर्ने दिन छ। मन बहकिएर बढि खर्च हुन सक्छ सचेत रहनु होला । आज तपाईलाई साथि भाई बाट धोका हुन सक्छ त्यसैले आफुले सम्पन्न गर्नु पर्ने कार्यमा अरुको भर नपर्नु उत्तम हुनेछ। अवसरवादीहरूसित सजग हुने समय छ । कुनै पनि काम गर्नु छ भने योजना गोप्य राख्नु राम्रो हुनेछ । आज व्यापार व्यावसाय बाट भने राम्रो लाभ हुनेछ। आज तपाईका लागि शुभरङ्ग नीलो, शुभअङ्क ६, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ शं शनैश्चराय नमः मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ।