सुसाइट नोट लेखेर ११ वर्षीय बालकले गरे आत्माहत्या, आखिर किन ? (भिडियो सहित)

महेश बोहरा गुल्मी,
बालबालिकालाई अभिभावकले बुझ्न जरुरी छ । उनीहरुको ध्यान राख्न नसकेमा कुनै पनि समय गलत बाटो नअपनाउला भन्न सकिन्न। बालपन भनेको धेरै मायाँ र साथ दिनुपर्ने समय हो । अभिभावकले आफ्नो बाल बालिकाको समस्यालाई बुझ्न आवश्यक छ । तर अभिभावकबाट नै उनीहरु दुखी बन्न पुगेपछि गलत कदम चाल्न पछि हट्दैनन् । यस्तै भयो ललितपुरमा । ललितपुरका ११ वर्षीय बालक समिर लुुङ्वाले आत्माहत्या गरेका छन् । उनी माल्टास्थित कालीदेवी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिए । समिरको शव असार ७ गते रातको समयमा घरभित्रै झुन्डिएको अवस्थामा फेला परेको थियो। उनले सुसाइट नोट लेखेर आत्महत्या गरेका हुन्।

समिरले सुनाइट नोटमा आफ्नो नाम समिर लुङ्वा हो भन्दै आफू कक्षा ५ मा पढेको र रोल नम्बर ५ रहेको उल्लेख गरेका छन् । उनले आफू धेरै दुःखमा भएको कुरा उक्त नोटमा व्यक्त गरेका छन् । उनलाई कसैले मायाँ नगरेको र कक्षामा पनि केटाहरुलाई पिट्ने र केटीहरुलाई नपिट्ने गरेको दुःख पोखेका छन् । घरमा पनि आफूलाई दाई भाउजूले हेलाँ गर्ने नोट मार्फत बताएका छन्। उनले ‘कोही सर मिस त नहुने म तिनीहरुको नाम लेख्दै छु। सरस्वती मिस, दिवाकर सर, गोविन्द सरले म विरामी हुँदा विरामी भाको छैन भने। म यति भन्दै बिदा माग्छु। म ११ वर्षको भए, म जन्मेको महिना कात्तिक १४ गते हो।” लेखेका छन् । प्रहरीले समिरले लेखेको सुसाइट नोटका आधारमा अनुसन्धान थालेको बताएको छ ।
भिडियोमा हेर्नुहोस ।