६ लाख रुख काटेका मगर बाजे (भिडियो सहित)

असार १०, पोखरा । यिनले पोखरामा रुख काट्ने काम गर्छन् । यसको मतलब यो होईनकी उनले नै पोखराका हरियाली विगारे । जितबहादुर मगर विगत २५ वर्ष देखि पोखरामा रुख काट्ने काम गर्दै आएका छन् । करिब ६ लाख रुख काटेको बताउने जितबहादुरलाई रुखमा चढ्दा डर पनि लाग्दैन । रुख काट्ने काम नै गरेर उनले परिवार राम्रोसँगै चलाएका छन् ।

उमेर ५० काटेका जितबहादुरको जवानी रुख काटेरै वित्यो । रुख काट्नका लागि पोखरा लगायत वरिपरीका जिल्ला तथा दाङ सम्म पुगेको उनको अनुभव छ । घरबाट सौतनी पिता सहन नसकेर पोखरा छिरेका जितबहादुरका सुरुका दिन दुःखदायी नै विते । उनको कथा तलको भिडियोमा ।